ग्लोबल आइएमई बैंक कम्पनी रजिष्ट्रारको कार्यालयमा

176

काठमाडौं– ग्लोबल आईएमई बैंकले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा राजस्व संकलन गर्न सुरु गरेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमार्फत हुने सम्पूर्ण कारोबारको राजस्व संकलन ग्लोबल आईएमई बैंकको उद्योग विभाग परिसरमा रहेको काउन्टरमा गरिने जनाइएको छ । यसअघि बैंकले असोज १ गतेदेखि सोही स्थानमा रहेको घरेलु तथा साना उद्योग कार्यालयको राजस्व संकलन कार्य पनि सुरु गरिसकेको छ ।
देशका हरेक क्षेत्र र बर्गसम्म बैंकिङ सेवाको पहुाच पुर्‍याउने उद्देश्यले बैंकले आङ्खना ८८ शाखा, ९२ एटीएम, ४ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजस्व संकलन काउण्टर ३७ वटा शाखारहित बैंकिङमार्फत सर्वसाधारणमाझ सेवा सञ्चालन गर्दै आएको छ । बैंकले यसअघि परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु, कोशी, गण्डकी र नारायणी अञ्चलमा रहेका यातायात व्यवस्था कार्यालयहरू, अध्यागमन विभागलगायतका स्थानहरूमा राजस्व संकलन कार्य गर्दै आएको बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here