काठमाडौं– एमाओवादीको तर्फबाट सरकारमा संलग्न भएका मन्त्रीहरूले संस्थागत निर्णयविपरीत काम गर्न नपाउने भएका छन् । एमाओवादीले मंगलबार पार्टी कार्यालय पेरिसडााडा कोटेश्वरमा पत्रकार सम्मेलनको आयोजना गरी २३ बुादे आचारसंहिता सार्वजनिक गर्दै मन्त्रीहरूले संस्थागत निर्णयविपरीत व्यक्तिगत लाभका लागि काम गर्न नपाउने प्रावधान सुरु गरेको हो ।
एमाओवादीले सार्वजनिक गरेको आचारसंहितामा मन्त्रीहरूले स्वकीय र निजी सचिवमा आफ्ना आफन्त र नातेदारलाई नियुक्त गर्न नपाउने, पार्टीगत वा राजनीतिक पूर्वाग्रहबाट माथि उठेर सरकार वा मन्त्रालयको कार्य सञ्चालन गर्ने, हरेक काम संविधान, ऐन कानुन, नियमअनुरूप विधिसम्मत एवं संस्थागत रूपमा गर्ने, अनियमित काम नगर्ने र हुन नदिने उल्लेख गरिएको छ । त्यस्तै, हरेक मन्त्रीले संयुक्त सरकारको साझा कार्यक्रम, सरकार गठनका सन्दर्भमा भएको १४ बुादे तथा आठबुादे सहमति, राष्ट्रिय आवश्यकताका आधारमा सम्बन्धित मन्त्रालयको कामको तत्कालीन र दीर्घकालीन कार्ययोजना बनाउने, त्यसमा हासिल गरिएको परिणामलाई सम्बन्धित मन्त्रीको मुख्य मापदण्ड बनाउने, मन्त्रीले कुर्नै नसक्ने कामको व्यतस्ताको अवस्थामा बाहेक कार्यालय खुल्ने समयमा मन्त्रालयमा गई कार्य प्रारम्भ गर्नेलगायतका विषयहरू आचारसंहितामा उल्लेख गरिएको छ । त्यस्तै, आफ्ना परिवारका सदस्यबाट मन्त्रालयमा आएर वा नआई मन्त्रालय वा सरकारी काममा कुनै हस्तक्षेप हुन नदिने, मन्त्री भएको र मन्त्री पदबाट मुक्त भएपछि १० दिनभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने र मन्त्रीले भाग लिनुपर्नेबाहेक अन्य कुनै पनि काममा विदेश भ्रमण नगर्ने, सरकारको कामलाई परिणाममुखी बनाउने, शिलान्यास, पुरस्कार वितरण, सम्मान ग्रहणलगायतका कार्यक्रममा सहभागी नहुनेलगायतका विषयहरूलाई समेत आचारसंहितामा उल्लेख गरिएको छ ।
एमाओवादीले मंगलबार नै १५ बुादे मार्गनिर्देशिका समेत सार्वजनिक गरेको छ । उक्त मार्गनिर्देशिकामा राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, हित र स्वाभिमानलाई सर्वोपरी राख्ने, जनताको हकहितको रक्षा, संवद्र्धन र विस्तारलाई केन्द्रबिन्दुमा राखी आम जनताको सेवामा समर्पित रहने, मजदुर, किसान, सुकुम्वासी, गरिब, श्रमजीवी, दलित, सहिद तथा बेपत्ता योद्धाका परिवार, घाइते योद्धा र सबै उत्पीडित वर्ग एवम् समुदायको हितलाई ध्यान दिने उल्लेख गरिएको छ ।