भवनको आठौं तल्लाबाट खसेर पनि बााचे बालक

253

बेइजिङ– मध्य चीनमा एक तीन वर्षीय बालक एक भवनको ८ तल्लाबाट खसेर पनि आश्चर्यजनकरूपमा बााचेका छन् । स्थानीय वेभसाइटका अनुसार ती बालक अस्पतालबाट पनि डिस्चार्ज भइसकेका छन् ।
यो घटना चीनको हुनान प्रान्तमा रहेको चाङ्डे सहरमा भएको थियो । गत अक्टोबर १ तारिखका दिन ती बालक घरमा एक्लै रहेको बेला बरण्डाबाट खसेका थिए ।
बिहान करिब ८ बजे सातौं तल्लामा रहेका छिमेकीले भुइामा ठूलो आवाजमा केही खसेको सुनेका थिए । त्यसपछि हेर्दा ती बालक भुइामा लडिरहेका थिए ।
त्यसपछि, अस्पताल पुर्‍याएका ती बालकको छाला र केही भित्री अंगमा सामान्य चोट मात्र पुगेको डाक्टरहरूले जनाएका थिए । उनलाई १० दिन अनुगमनमा राखेपछि डिस्चार्ज गरिएको जनाइएको छ ।
छिमेकीका अनुसार ती बालक छिमेकीले बरण्डामा सुकाएको सिरक र तल भुइा चौर भएको कारण बााचेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here