काठमाडौं– भारतले लामो समयदेखि नेपालमा अघोषित नाकाबन्दी गरेर आपूर्ति व्यवस्थामा अवरोध गरेपछि भारतीय सवारी चालकहरूमा समेत त्यसको
प्रभाव पर्न थालेको छ । आफ्नो रोजगारी नै ठप्प हुने स्थिति सृजना भएपछि भारतीय चालकहरूले नाकाबन्दीको विरोध गर्दै वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावासमा धर्ना सुरु गरेका छन् । चालकहरूले नाकाबन्दीका कारण घर फर्किन नपाएको र नाकाबन्दीकै कारण आफूहरूले ठूलो नोक्सानी व्यहोर्नुपरेको भन्दै धर्ना सुरु गरेका हुन् ।
उनीहरूले नाका खुलाई घर जाने वातावरण मिलाउन माग गर्दै भारतीय महावाणिज्य दूतावासको गेटमा धर्ना दिइरहेका छन् । भारतीय चालकहरूले भारतीय खाली गाडी सीमापारी प्रवेश गर्ने वातावरण मिलाइदिन महावाणिज्य दूतावाससाग पटक–पटक आग्रह गर्दा समेत सुनुवाइ नभएपछि धर्नामा बस्नुपरेको जनाएका छन् ।
उनीहरूले नाकाबन्दीका कारण एकै ठाउामा बस्नुपर्दा आर्थिक समस्या उत्पन्न भएकाले आफूहरूलाई खान, बस्न तथा परिवारले समेत अभावमा बााच्नुपरेको जनाएका छन् । उनीहरूले नाकाबन्दीका कारण बैंकबाट लिएको ऋणको किस्तासमेत तिर्न नसकेको गुनासो गर्दै तत्काल नाकाबन्दी खोल्न भारत सरकारसाग आग्रह गरेका छन् ।