यो तिहारमा ग्याास र पेट्रोल उपहार

222

राज्य लक्ष्मी शाक्य
हाम्रो देश कति राम्रो ! कला संस्कृति, प्रकृति, जल, जमिन, जडीबुटी हरेक दृष्टिकोणबाट सम्पन्न छ हाम्रो देश । तर पनि किन हामी परनिर्भर भई बााच्न बाध्य छौा ? यतिबेला हामी सबैले छातीमा हात राखेर सोच्नुपर्ने भएको छ । हाम्रो देशमा भर्खरै बनेको संविधानबाट अब त देश विकासका कार्य अगाडि बढ्लान्, हत्या, हिंसा, लुटपाट, छलकपट नहोला भनी ढुक्क हुनुपर्ने थियो । तर ठीक उल्टो भइरहेको छ । हाम्रो संस्कृति र परम्पराअनुसार मान्नैपर्ने महान् चाड दसैं भर्खरै हाम्रो घरआागनबाट बिदा भएको छ । अब अर्को महान् चाड तिहार आउादै छ । तिहार चाडमा पनि परम्परागत संस्कृतिअनुसार दाजुभाइ दिदीबहिनी सबै जनाले हर्षाेल्लासमय तरिकाले मनाउने गरिन्छ । यो चाड मनाउन विदेशिएका नेपालीहरू पनि घर फर्कने गर्दछन् । विदेशिएका दाजुभाइहरूलाई कुनै उपहार नलिएर आउनू बरु एउटा सिलिण्डर बोकेर आउनू भन्नुपर्ने अवस्थामा दिदीबहिनीहरूले कष्टपूर्ण दिन बिताइरहेका छन् । यस्तो अवस्था हामी नेपालीबीचको विवादले सृजना गरिदिएको हो । हामीबीचको विवादमा छिमेकी देशले नराम्रो गरी खेल्ने मौका पाएको छ । दक्षिणतिरको छिमेकी देशको घोर अमानवीय दरिद्र व्यवहारले गर्दा हामी नेपालीहरू पीडित भइरहेका छौा । भाइचाराको दायित्व वहन गर्ने हो भने छिमेकी देश यसरी नांगो नहुनुपर्ने हो ।
छिमेकी देश यसरी युद्ध उद्घोष गरेझैं गरी नाकाबन्दीमा उत्रिादा पनि हाम्रो देशको सरकार निरीह बनिरहेको छ । भारतबाट नाकाबन्दी भयो भन्न समेत हाम्रो देशको सरकार सकिरहेको छैन । जनतामाथि शासन गर्ने अधिकार पाएको हाम्रो देशको सरकार किन यति लाचार भइरहेको छ भन्ने कुरा बुझ्न सकिएको छैन । यस्तो लाचारीले देशको विकास कसरी सम्भव होला ? कसरी देशलाई आत्मनिर्भर गराउन सकिएला ? सदैव परनिर्भर भएर चल्न सकिादैन भन्ने भारतले यसपटक राम्रैसित पाठ सिकाएको छ । भारतले नाकाबन्दी गरेर नेपालको अवस्थालाई उजागर गरिदिएको छ । भारतले यसरी नाकाबन्दी नगरेको भए हामी नेपालीहरूले आफ्नो अवस्था जानकारी लिन पनि पाउने थिएनौा र विकल्प खोज्नुपर्छ भन्ने चेतना पनि आउने थिएन । भारतले जसरी नेपालीलाई दु:ख दिइरहेको छ, यसैगरी भारतलाई पनि दु:ख दिने हैसियत नेपालसाग नहुादासम्म यस्तो मिचाहा र हेपाहा व्यवहार हामीहरूले भोगिरहनुपर्ने निश्चित छ ।
हाम्रा दाजुभाइ भारतको सुरक्षाको निम्ति भारतीय सेनामा समेत कार्यरत छन् । ती दाजुभाइहरू तिहार मनाउनकै लागि भारतीय सेनाको जागिरबाट बिदा मागी नेपाल आउने तयारीमा पनि छन् । त्यस्तै भारतीय सेनामा कार्यरत आफ्ना दाजु भद्रबहादुर घलेको प्रतीक्षामा बसेकी सत्यदेवी–४ धादिङकी एक बहिनीले यसपटक तिहारमा घर आउादा मिठाई, लत्ताकपडा र अरु सामग्री नलिएर ग्यास, पेट्रोल लिएर आउन भनेकी छिन् । त्यसैगरी धादिङ जिल्लाकै जोरमाया आङ्खनो छोरा पढाउन गाउा छोडी सदरमुकाम गएकी छिन् । जोरमायाले पनि यसपालीको तिहारलाई सिलिन्डर बोकेर आउन आफ्ना भारतीय सेनामा कार्यरत दाजुलाई आग्रह गरेकी छिन् । प्रतिसिलिण्डर रु ५ हजार मूल्य रे ! कस्तो राम्रो उपहार पायौं हामी नेपालीले संविधान बनेलगत्तै ! के के पाउाला भनी अति खुशीयाली मनाइयो र आतिसवाजी समेत गरियो । यहाा कुरा जोरमायाको मात्र होइन, जति पनि आफन्तजन नेपाल बाहिर छन् उनीहरू सबैले आङ्खनो घर फर्किने क्रममा ग्यास पेट्रोल नै माग गरेका छन् । यो तिहारमा पनि सबैका नातेदार आफन्तजनलाई फोन र एसएमएसबाट सिलिण्डरकै लागि अनुरोध गरेको पाइएको छ । काठमाडौंभन्दा आसपासका जिल्लाहरूमा इन्धन पाउन सजिलो छ । दाङको घोराहीमा बैंकमा काम गर्ने श्रीमानलाई बीचबजार धरानकी श्रीमती वीरमायाले दशैंमा घर आउादा ग्यास सिलिण्डर लिएर आउनु अनुरोध गरेको कुरा निकै चर्चाको विषय भयो । पहिलेका पर्वहरूमा लत्ता, कपडा, मिठाई, गरगहनाका फर्माइस हुन्थे, यसपटक यस्तो बिजोक भइरहेको छ ।

विदेशबाट स्वदेश फर्कने जति पनि बााके जिल्लावासीहरूले आफ्ना घरघरमा बारम्बार सम्पर्क गरिरहेको र पेट्रोल र ग्यास सिलिण्डरको अभावमा दशैंतिहार कसरी मनाइएला भनेर चिन्ता व्यक्त गरेको बााके जिल्लाका विभिन्न गाविस सचिवहरूले जानकारी गराएका छन् । कति जनालाई उपहारका रूपमा सिलिण्डर ग्यास आपूर्तिसमेत गरिएको छ । त्यस्तै, धादिङमा कम्पनी रहेको बाबा ग्यासको रिफिल सेन्टरका श्री कृष्ण र गीताले नाकाबन्दीपछि ग्यास अभाव भएको जनाएका छन् । प्राय: सबै सदरमुकाममा हाहाकार भएको छ । जंगलमा दाउरा, काठको व्यवसाय गर्ने व्यवसायीको अभावले गर्दा पनि यो संकट आएको स्थानीय वासिन्दाको भनाइ पाइएको छ । सबैका घरमा सानाठूला सवारीसाधन भएको अवस्था छ । काठमाडौंमा हमेसा गाडी र मोटरसाइकल तथा टेम्पो र टाटा गाडीले सडकमा रत्यौली खेलेकोजस्तो देख्न थालिएको छ । आजकल इन्धन अभावले गर्दा सबै कालोपत्रे सडक खाली भएका छन् । प्रत्येक दिन नेपाल बन्द भएजस्तै भइरहेको छ । भर्खरै मात्र उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा भारत भ्रमणबाट स्वदेश फर्केका छन् । उनी फर्किादा बित्तिकै हौसिएका थिए । तर अब उनैले भारतप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुषमा स्वराजले कमल थापासाग गरेको बचनबद्धता किन पूरा गरेनन् ? यो गम्भीर विषय हो । आखिर किन हाम्रो राष्ट्रप्रति छिमेकी देश यतिबिघ्न नकारात्मक बन्यो ? किन यस्तो भइरहेको छ ? के उनीहरूले भनेकै अनुसार संविधान चाहिने हो त ? नेपालका नदीहरू सबै भारतको हितमा सुम्पिन तयार भएका हाम्रो देशका शासक वर्गले अब सोच्नैपर्ने भएको छ । हरेक कुरामा हामं्रो नेपाललाई गम्भीर समस्यामा पार्ने काम भारतले गरिरहेको छ । भारतसाग नेपालले आङ्खनो हात माथि पार्न जलसम्पदामा आफ्नो पकड कायम राख्न जरुरी छ । हामी आत्मनिर्भर नभएसम्म छिमेकी देशले हामीलाई समस्यामा फसाइरहने निश्चितप्राय: नै छ । व्यापार, व्यवसायदेखि शिक्षा, स्वास्थ्य र गृहस्थ सबै क्षेत्रमा हाहाकार मच्चिादा पनि नेपाल सरकारले विकल्प खोज्ने तत्परता देखाएको छैन ।

गतवर्ष यस समयमा १ लाखको व्यापार गर्नेले यो वर्ष ५–१० हजार पनि गर्न नपाएको गुनासो गरेका छन् । लगनखेलका थोक व्यापारी राजेन्द्र नेपाली र हरिगोविन्द महर्जनले यस्तो गुनासो सुनाएका छन् । पहिलाको दसैं नजिकिादा खुट्टा राख्ने ठाउा काठमाडौंका बजारमा हुादैनथ्यो । यस वर्ष सर्वत्र खाली भएको अवस्था देखियो । पैसा तिर्ने र सामान लिनेको लाइन नै लागेको हुन्थ्यो गत वर्षहरूमा । यसपालीको हालत दयनीय छ । आरामका साथ मोबाइल चलाएर खेलाएर बस्न बाध्य छन् व्यापारीहरू । आर्थिक समृद्धिका कुरा गर्दागर्दै भोग्नुपरिरहेको यो हालतको परिणाम भोलि के होला ? देश दलदलमा फसेको मात्र हेर्न हामी बाध्य छौा । दलदलबाट कसरी देशलाई उठाउने हो ? कुनै योजना छैन । त्यसकारण अब हामी नेपाली–नेपाली एकताबद्ध भई विकल्प खोज्न ढिला भइसकेको छ । यस पटकको तिहारमा दिदीबहिनीहरूलाई सबैभन्दा ठूलो उपहारका रूपमा नाकाबन्दीको विकल्प आवश्यक छ भन्ने कुरा सबै दाजुभाइहरूले मनन गरी भारतले गरेको नाकाबन्दीको सामना गर्न सहयोग पुग्ने खालको दबाब सृजना गर्नु जरुरी भइसकेको छ । हरेक समस्याको समाधान हुन्छ । तर यो समाधान कतातिर लुकेको छ ? पत्ता लगाउन सकेमा हामी हाम्रो आफ्नो घरको समस्या टार्न आफौ सक्षम हुनेछौा । यसरी निकम्मा र निरीह भएर बस्नुपर्ने अवस्था हामीलाई अब कहिल्यै नआओस् भनेर सबै नेपालीले तत्परता देखाउने अहिलेको अवसर पनि हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here