भााचियो विश्व चर्चित सिसाको पुल

236

बेइजिङ– चीनमा साहसिक यात्राका लागि पर्यटकहरूलाई लक्षित गरेर बनाइएको सिसाको पुल भााच्चिदा यात्रुहरूमा निराशा छाएको छ । ३ हजार ४ सय ५० फिट अग्ला पहाडहरू जोड्ने यस पुल यात्रुहरूको उच्च चापका कारण भााचिएको हो ।
केही समयअघि सयौाको संख्यामा पर्यटकहरू चीनको हेनानप्रान्तस्थित युन्ताई पहाडको यस पुलमा आएका थिए । पुल भााचिएपछि यात्रुहरू तत्कालै गायब भए । युन्ताईशान रिसोर्टका प्रमुखले जनाएअनुसार पर्यटकहरू छाडेका ठूला थर्मसका कारण सिसाको पुल भााचिएको हो । केही समयका लागि पुल बन्द गरिएको छ । यसअघि गत सेप्टेम्बर २० मा यो पुल पहिलो पटक खोलिएको थियो । सिसाको पुललाई धेरैले अनौठो र रोमाञ्चकारी यात्राका लागि प्रयोग गर्न रुचाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here