उपराष्ट्रपतिमा पुन विजयी

143

काठमाडौँ, १५ कात्तिक । एमाओवादी नेता तथा पूर्व लडाकु कमाण्डर नन्दबहादुर पुन विजयी भएका छन् । व्यवस्थापिका–संसदमा शनिबार उपराष्ट्रपति पदका लागि भएको निर्वाचनमा पुनले ३२५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार अमियकुमार यादवले २१२ मत प्राप्त गरेका थिए । व्यवस्थापिका–संसदमा हाल ५९७ जना सांसद रहेकामा निर्वाचनमा ५४७ सहभागी भएका थिए । तराई मधेसमा आन्दोलनमा रहेका मधेसवादी दलले भने निर्वाचनमा भाग लिएनन् । निर्वाचनमा १० मत बदर भएको थियो । संसद्को शनिबार साँझ बसेको बैठकमा सभामुख ओनसरी घर्तीले उपराष्ट्रपतिमा पुन निर्वाचित भएको घोषणा गरेकी हुन् ।
पुन सत्तारुढदलको गठबन्धनका तर्फबाट उपराष्ट्रपतिको उम्मेद्वार बनेका थिए । उनको प्रस्तावकमा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक दिलनाथ गिरी रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here