आइएमई र सनराईज बैंकबीच रेमिट्यान्स सम्झौता

130

काठमाडौं– आइएमई लिमिटेड र सनराईज बैंकबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ । आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले गत मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरे ।सम्झौताअनुसार आइएमईका सेवाग्राहीले आइएमईको विश्वव्यापी संजालबाट पठाउने रेमिट्यान्स सनराईज बैंकका ५२ शाखामार्फत् भुक्तानी लिन सकिनेछ । साथै, ग्लोबल आइएमई बैंकसागको सहकार्यमा सञ्चालित आन्तरिक विप्रेषण सेवा समेत प्राप्त गर्न सक्नेछन् ।
महत्वपूर्ण व्यवसायिक व्यक्ति सम्मान २०१४ प्राप्त रेमिट्यान्स कम्पनी आइएमईले सेवा शुभारम्भको १४ औं वर्षसम्ममा नेपालका प्रमुख शहर तथा शहरोन्मुख ग्रामिण क्षेत्रमा समेत सेवा विस्तार गरिसकेको छ ।
आइएमईले ७५ जिल्लाका ४ हजारभन्दा बढी एजेन्ट तथा सवएजेन्ट, १३५ आइएमई सेन्टर र विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशबाट पठाएको रकम आफन्तको हातमा छिटो, छरितो र सुरक्षित रूपमा पुर्‍याउादै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here