चीनतिर व्यापारिक नाका विस्तार गर्नु जरुरी

155

–निमकान्त पाण्डे–
नेपालको विदेशनीति पूर्णरूपमा गलत रहेछ भन्ने कुरा विगत साढे २ महिनाको स्थितिले प्रष्ट गरेको छ । नेपाललाई एकीकरण गर्ने पृथ्वीनारायण शाहले नेपाल दुई ढुंगाबीचको तरुल हो भनेर नेपालको स्थितिलाई स्पष्ट पारेका थिए । पृथ्वीनारायण शाहको यो अभिव्यक्ति कति दूरदर्शी रहेछ भन्ने कुरा वर्तमान घटनाक्रमहरूले प्रष्ट गरिरहेका छन् । दक्षिणतिर हाम्रो छिमेकी देशसाग खुला सिमाना रहनु र उत्तरतिर पूर्णरूपले आवागमनमा कडाइ गरिनुले हाम्रो देशको विदेशनीतिमा रहेको असन्तुलनलाई स्पष्ट गर्दछ । दक्षिणतिरको खुला सिमानाले गर्दा सीमा क्षेत्र निरन्तर तनावको स्थितिमा रहादै आएको छ । पारिवारिक सम्बन्ध, भाषा, धर्म, रहनसहन र खानपान समेतमा एकरूपता रहन गएको छ । खुला सिमाना नभएकै कारणले उत्तरतिरको छिमेकी मुलुकसाग नेपालको सम्बन्ध वैचारिक रूपमा बाहेक अरु कुनै पनि पक्षमा दूरी बढेको छ ।
भारतसाग नेपाल ९० प्रतिशत व्यापार आयातमा निर्भर रहेको छ । नेपाल र भारतबीच व्यापारिक नाकाहरू १ सय ५९ ओटा रहेका छन् । उत्तर चीनतिर अत्यन्त सीमित व्यापारिक नाका भएकाले नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध पनि त्यति सहज बन्न सकेको छैन । यही कारणले गर्दा भारतको ज्यादती सहन नेपाल बाध्य हुादै आएको छ । हाम्रो व्यापार भारत निर्भर भएकाले हाम्रो अर्थतन्त्रको तस्बिर भारतबाट गरिएको नाकाबन्दीले स्पष्ट देखाएको छ । हाम्रो देशको आर्थिक घाटा कम गर्न परनिर्भर हुने प्रवृत्ति त्याग्नैपर्ने अवस्था देखिएको छ । यसका निम्ति आन्तरिक उत्पादनमा वृद्धि गरी निर्यातमूलक वस्तुहरूतर्फ ध्यान पुर्‍याउनु पनि त्यत्तिकै आवश्यक छ । राष्ट्रको नीति नै गलत भएपछि उत्पादन पद्धतिमा सुधार आउने परिकल्पना गर्न सकिादैन । राष्ट्रलाई आत्मनिर्भर गराउने राष्ट्रिय सोच बन्ने हो भने देशको अर्थतन्त्र माथि उठ्न समय लाग्नेछैन । नेपाल सरकार र नेपालका राजनीतिक दलहरूले यो विषयमा गम्भीरतापूर्वक छलफल चलाउनु जरुरी छ । यसका लागि सबै राजनीतिक दलहरूमा राष्ट्रिय स्वाधीनताबारे सकारात्मक सोच हुनु पनि त्यत्तिकै आवश्यक छ ।
भारतले नेपालमाथि नाकाबन्दी गरेको छोटो समयमै नेपाल गम्भीर मोडमा पुगेको छ । यो स्थितिले नेपालको कमजोर विदेश नीतिलाई नै चित्रण गरेको छ । हाम्रो विदेश नीतिमा परिवर्तन गर्नुपर्ने टड्कारो आवश्यकतालाई राजनीतिक दलहरूले महसुस गर्नु तत्कालको आवश्यकता छ । नेपालको विदेश नीति लिखित रूपमा एउटा छ, तर व्यवहारमा धेरै फरक छ । पृथ्वीनारायण शाहले छिमेकी देशहरूलाई सन्तुलनमा राख्नुपर्ने ‘उपदेश’ दिएका भए पनि यसलाई राजाको उपदेश ठानेर राजनीतिक आदर्श छााट्ने काम भइरहेको छ । त्यसैले राजनीतिक दलहरू दक्षिणतिरको छिमेकीसाग अत्यन्तै नसुहाउने गरी लम्पसार परिरहेका छन् । कुनै एक छिमेकीसाग नजिकिने हो भने हामी च्यापिएर हाम्रो अस्तित्व समाप्त हुने खतरालाई पृथ्वीनारायण शाहले औाल्याएका हुन् । नेपालका शासकहरूले भारतसागको सम्बन्धलाई छिमेकी मित्र जस्तो नठानेर मालिक ठान्ने काम गरिरहेका छन् ।
सन् १९४७ मा भारत स्वतन्त्र भएपछि सन् १९५० मा नेपाल र भारतबीच शान्ति तथा मैत्री सन्धि भयो । त्यो सन्धिको धारा ८ मा यसअघिका सबै सन्धि सम्झौताहरू खारेज गरिएका छन् भनेर स्पष्ट उल्लेख गरिएको छ । त्यस धाराको आधारमा नेपाल र भारतको सम्बन्ध निर्धारित हुने हो भने सन् १८१६ मा बृटिश कम्पनी र नेपाल सरकारबीच भएको सुगौली सन्धि स्वत: खारेज भएको मानिन्छ । तर त्यस १८१६ को सन्धिबाट नेपालले बृटिश कम्पनीलाई हस्तान्तरण गरेको नेपाली भूमि आज पनि भारतको कब्जामा रहेको छ । नेपालका तर्फबाट त्यो भूमि फिर्ता लिने कुनै प्रयास गरिएको छैन । यसले पनि हामी नेपालीहरू भारतलाई मालिक ठानिरहेका छौा भन्ने स्पष्ट हुन्छ ।
नेपाल र भारत असल छिमेकीका रूपमा रहनुपर्छ भन्ने कुरामा कसैको विमति रहादैन । तर छिमेकीको अर्थ सहयोगी पनि हो भन्ने कुरा छिमेकीले बुझ्नु आवश्यक हुन्छ । भारतले नेपालप्रति गर्दै आएको व्यवहारलाई असल छिमेकीको व्यवहार मान्न सकिादैन । दुई छिमेकी ठूला मित्र राष्ट्रहरूको बीचमा रहेको हाम्रो देशले दुवै छिमेकी मुलुकहरूसाग समदूरीको सिद्धान्तमा आधारित परराष्ट्र नीति बनाउन जरुरी छ भन्ने कुरा भारतबाट भएको नाकाबन्दीले सृजना गरेको समस्याबाटै पनि स्पष्ट हुन्छ । एकातिर खुला सिमाना र शासकहरू लम्पसार पर्ने प्रवृत्ति अर्काेतिर आवागमनमै कडाइ गर्ने नीतिका साथै विकट भौगोलिक स्थिति ! नेपालका व्यापारिक नाकाहरू जम्मा १ सय ७५ वटा छन् । जसमा ६ वटा नाका मात्र उत्तरतिरको छिमेकी मुलुकसाग जोडिएका छन् । भारततिर भएजति व्यापारिक नाका चीनतिर पनि खोल्न सकिएको भए भारतको नाकाबन्दीले हामीलाई कुनै समस्या हुने थिएन । यो तथ्यलाई महसुस गरी उत्तरतिर सकेसम्म धेरै व्यापारिक नाकाहरू खोल्न पहल गरिहाल्नु आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here