अचम्मलाग्दो घटना घट्ने देशमा चीन सबैभन्दा अगाडि छ । चीनकै हेनान प्रान्तस्थित साओली गाउामा एउटा त्यस्ता मानिस बस्छन्, जसले दैनिक पााच पाउन्ड खुर्सानी खान्छन् । लि योंगजी अहिले खुर्सानीको राजा भनेर चिनिन्छन् । उनले उठ्नासाथ खुर्सानीले दाात माझ्छन् । त्यसपछि ब्रेकफास्ट, लन्च र डिनरमा समेत खुर्सानी नै खान्छन् । उनले सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिादै आफू स्पाइसी खानाको प्रेमी रहेको र खुर्सानी आफ्नो सदाबहार आहार रहेको जनाएका छन् ।
एक पटक रेस्टुरेण्टमा खाना खान जाादा उनले खुर्सानीको बोतल नै रित्याइदिए । त्यसपछि रेस्टुरेण्ट मालिकले उनीमाथि खुर्सानी चोरेको आरोप समेत लगाएका थिए । पछि उनले आरोपलाई गतल प्रमाणित गर्ने क्रममा रेस्टुरेण्टमा म्यानेजरकै सामुन्ने अर्को एक बोतल खुर्सानी मगाएर पूरै खाइदिए । उनको यो व्यवहारले सबै छक्क परेका थिए । उनी भन्छन्, ‘डाक्टरले म अन्य मानिसजस्तै सामान्य रहेको जनाएका छन् । मसाग कुनै सुपरपावर छ्रैन । मलाई खान मनपर्छ र म धेरै खान्छु ।’ सन् २००९ मा खुर्सानी खाने प्रतियोगिता जितेपछि उनलाई हुनान सरकारले खुर्सानीको राजा घोषणा गरेको थियो ।