प्रधानमन्त्री ओलीको देशभक्ति अडान

142

काठमाडौं– भारतीय प्रमुख सञ्चारमाध्यमहरूले नेपालका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसागको टेलिफोनवार्तामा आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको भन्दै त्यसलाई प्राथमिकता दिादै समाचार प्रकाशन तथा प्रसारण गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालमा गरेको नाकाबन्दी तथा हस्तक्षेपको चर्काे विरोध गर्दै मोदीको नेपाल नीति असफल भएको टिप्पणी गर्दै आएका भारतीय पत्रकार तथा सञ्चारमाध्यमहरूले ओली र मोदीबीच पछिल्लो पटक भएको कुराकानीमा ओलीले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको सन्दर्भलाई प्राथमिकता दिएका हुन् । भारतको टाइम्स समूहअन्तर्गतको चर्चित पत्रिका नवभारत टाइम्सले आफ्नो अनलाइन संस्करणमा ‘नेपालका प्रधानमन्त्रीद्वारा भारतलाई चेतावनी’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । त्यस्तै, चर्चित टिभी च्यानल आजतकको अनलाइन संस्करणले पनि यस्तै आशयको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । ती समाचारमा नेपाली प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई आन्तरिक मामिलामा दखल नदिन भन्दै चेतावनी दिएको विषय उल्लेख गरिएको छ । साथै पत्रिकाले ओलीले नेपालप्रति भारतीय नीतिको तिखो आलोचना गरेको र नेपालको संविधानमा भारतले चासो दिनुको कुनै अर्थ नरहेको जनाएको उल्लेख गरेको छ । पत्रिकाले भारतले नेपालका चार राजनीतिक दललाई भड्काउन खोजेको आरोप लगाउादै संविधान ९६ प्रतिशत नागरिकको सहमतिमा पारित गरेकाले भारतलाई चित्त नदुखाउन चेतावनी दिएको उल्लेख गरिएको छ ।

मोदीको नेपाल नीतिको भारतका चर्चित पत्रकार, सञ्चारमाध्यम तथा बुद्धिजीवीहरूले समेत आलोचना गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here