प्रभु बैंकमा ग्राण्ड बैंक मर्जर अनुमोदन

242

काठमाडौं/ प्रभु बैंक लिमिटेडको विशेष साधारणसभाले बैंक लिमिटेडको ग्राण्ड बैंक नेपाल लिमिटेडलाई गाभ्ने सम्बन्धमा गरिएको सम्झौतालाई अनुमोदन गरेको छ ।
मर्जरपश्चात् पनि संस्थाको नाम प्रभु बैंक लिमिटेड नै रहने भएको छ । केन्द्रीय कार्यालय पनि प्रभु बैंकको हाल रहेको केन्द्रीय कार्यालयलाई नै मानिनेछ । मर्जपश्चात् पनि प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन नै कायम रहने जनाइएको छ ।
नायब प्रमुख कार्यकारी अधिकृतमा प्रभु बैंककै तारा मानन्धर कायम हुने तथा ग्राण्ड बैंक नेपाल लि.का का.मु. प्रमुख कार्यकारी अधिकृत सचिनजङ्ग रायमाझी नायब महाप्रबन्धक पदमा पदस्थापन रहने निर्णय भएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here