भारतीय नाकाबन्दीप्रति शक्ति राष्ट्रहरू चिन्तित

140

काठमाडौं– नेपालमा भारतले गरिरहेको गैरकूटनीतिक गतिविधि र नाकाबन्दीप्रति विश्वका शक्ति राष्ट्रहरू समेत चिन्तित बनेका छन् । भारतले डेढ महिनाभन्दा बढी समयदेखि नाकाबन्दी गरेर अत्यावश्यक वस्तुको आपूर्तिमा अवरोध सिर्जना गरेपछि शक्ति राष्ट्रहरूले यसप्रति चिन्ता प्रकट गदै चासो देखाएका छन् । भारतले नाकाबन्दी सुरु गरेपछि विश्व शक्तिका रूपमा उदाउादै गरेको चीनले त्यसप्रति गम्भीर हुादै भारतसाग छलफल गर्नेसम्मको निष्कर्षमा पुगिसकेको छ भने नेपालका लागि अत्यावश्यक सामग्री सहयोग गर्न पनि तयार भएको छ । विश्व शक्ति अमेरिकाले पनि भारतीय नाकाबन्दीका कारण नेपालमा उत्पन्न परिस्थितिलाई नजिकबाट हेरिरहेको जनाएको छ । अमेरिकाको विदेश मन्त्रालयका अधिकारीले नेपालमा भइरहेको आन्दोलन र संविधानका विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफमा यो नेपालको आन्तरिक विषय हो भन्दै बोल्न अस्वीकार गरेका छन् ।
त्यस्तै, बेलायतका सांसद तथा सर्वदलीय संसदीय समितिका नेपाल हेर्ने अध्यक्ष वीरेन्द्र शर्माले मोदीको बेलायत भ्रमणका बेला आफ्ना प्रधानमन्त्री डेभिड क्यामरुनलाई नेपालको नाकाबन्दी समस्या समाधान गर्न आग्रह गर्दै पत्र लेखेका छन् । उनले मोदीसागको दुई पक्षीय भेटमा नेपालमा भारतले लगाएको अघोषित नाकाबन्दीलाई मुख्य एजेन्डा बनाएर समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् । त्यस्तै, युरोपियन युनियनलगायतका मुलुकहरूले समेत नाकाबन्दीका कारण नेपालमा उत्पन्न समस्यामा सहायता प्रदान गर्ने जनाइसकेका छन् ।
भारतले नेपालमा आफूले नाकाबन्दी नलगाएको भन्दै आए पनि अघोषित रूपमा लगाउादै आएको नाकाबन्दीले अत्यावश्यक तथा दैनिक उपभोग्य वस्तुहरूको अभाव भएर नेपालको परिस्थिति गम्भीर बन्दै गएपछि भारतीय प्रवृत्ति विश्वसामु नांगिादै गइरहेको छ भने स्वयं भारतीय नागरिक, बुद्धिजीवी, पत्रकार तथा सञ्चारमाध्यम र विपक्षीहरूले समेत मोदी सरकारको नेपाल नीतिको चर्काे आलोचना गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here