वसन्त खड्का
करिब तीन महिनादेखि चलिरहेको तराई आन्दोलनमा भारतको एकलौटी स्वार्थ रहेको टीकाटिप्पणी भइरहादा तराई आन्दोलनमा पछिल्लो समय भइरहेका गतिविधिहरूले मधेसमा भारतीय चासो मात्र निहित नरहेको देखिएको छ । तराई आन्दोलनलाई देखाउादै भारतले केही स्वार्थ पूरा गराउन नाकाबन्दीको अवस्था सिर्जना गर्दै गर्दा तराई आन्दोलनलाई प्रयोग गर्दै पश्चिमा शक्तिहरूको निर्देशनमा छिमेकी मुलुक चीनलाई निशाना बनाउने किसिमका गतिविधिहरू पनि सञ्चालन भइरहेको विश्लेषण गर्न थालिएको छ । विश्व शक्तिका रूपमा उदाउादै गरेको र एसियाली मुलुकमा शक्तिशाली मुलुकका रूपमा उदाइसकेको चीनलाई घेराबन्दी गर्नका लागि अशान्त तराईलाई प्रयोग गर्न लागिएको हुनसक्ने विश्लेषकहरूले अनुमान गर्न थालेका छन् । पछिल्लो समय तराईमा चीनविरोधी गतिविधि हुनु र चीनको झण्डा पटक–पटक जलाइनुले पनि यसै कुरालाई संकेत गर्छ ।
हाल तराईमा चलिरहेको आन्दोलनमा प्रत्यक्ष रूपमा मधेसवादी दलहरूको सहभागिता देखिए पनि पश्चिमाहरूबाट प्रशिक्षित सिके राउत र उनको योजनालाई लागू गराउने तत्वहरूले समेत तराई आन्दोलनमा सहभागिता जनाउादै आएका छन् । झट्ट हेर्दा तराई आन्दोलनमा संलग्न सबैको स्वार्थ एउटै जस्तै देखिए पनि आन्दोलनमा संलग्नहरूका आ–आफ्नै स्वार्थहरू देखिन्छन् । जस्तो राजेन्द्र महतो अंगीकृतलाई कार्यकारी प्रमुख बनाइनुपर्ने मागलाई प्राथमिकता दिन्छन्, जब कि उनकै आन्दोलनमा संलग्न उपेन्द्र यादव अंगीकृतलाई कार्यकारी प्रमुख बनाउनका लागि मधेस आन्दोलन नगरिएको बरु मधेसीहरूलाई अधिकार सम्पन्न बनाउन आन्दोलन गर्नुपरेको तर्क गर्छन् । तर उनीहरूको आन्दोलनलाई सहयोग गरिरहेका र आफ्ना कार्यकर्ताहरू समेत परिचालन गरिरहेका सिके राउतको भने भिन्दै स्वार्थ छ । उनी मधेसलाई स्वतन्त्र मुलुकका रूपमा स्थापित गरिनुपर्छ भन्ने लक्ष्य बोकेर हिाडिरहेका छन् । यसरी फरक–फरक लक्ष्य र उद्देश्य बोकेकाहरूबाट संयुक्त रूपमा सञ्चालन भइरहेको मधेस आन्दोलनमा चीनविरोधी गतिविधिले प्राथमिकता पाउनुमा पश्चिमाहरूको स्वार्थ बोकेका राउत आन्दोलनमा हावी भएको भनेर बुझ्न सकिन्छ ।
पछिल्लो पटक नेपालमा प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा आन्दोलनरत मधेसवादी दलहरूले सहभागिता जनाएपछि मधेस आन्दोलन केही मत्थर हुने अनुमान गरिएको थियो । तर आम अनुमानविपरीत त्यस बेलामा मधेस आन्दोलन थप आक्रामक, हिंसात्मक र नियन्त्रण बाहिर जाने अवस्थामा पुग्यो । आन्दोलनरत दलका नेताहरू काठमाडौं आएपछि आन्दोलनकारीहरूले दलका नेताहरूलाई नै निशाना बनाउने र धमाधम दलका कार्यकर्ताको जिम्मेवारीबाट समेत राजीनामा दिएको पाइयो । साथै सो अवधिमा चीनको झण्डा जलाउने र चीनविरोधी गतिविधिले बढी प्राथमिकता पाएको देखियो । चीनविरोधी गतिविधि र चीनको झण्डा जलाउने विषयमा आन्दोलनरत दलहरूबीच पनि अन्योल र विवाद देखिने गरेको छ । दलका नेताहरू आफूहरूले त्यस्तो निर्देशन नदिएको दाबी गर्छन् जब कि आन्दोलनकारीहरूले धमाधम चीनविरोधी गतिविधि गर्दै आएका छन् । यसले पनि कहीाकतै मधेस आन्दोलनमा पश्चिमा स्वार्थ लुकेको प्रष्ट हुन्छ ।
नेपाललाई अशान्त बनाई यहााबाट अप्रत्यक्ष रूपमा घेराबन्दी गर्ने योजना बनाएका पश्चिमा शक्तिहरूले बेला–बेलामा प्रत्यक्ष रूपमा पनि चीनलाई धम्की दिने र जिस्काउने गर्दै आएका छन् । हालै मात्र विश्व शक्ति राष्ट्र अमेरिकाले विवादित टापुमा गस्ती गरेर चीनलाई चिढ्याउने काम गरिरहेको छ । यसले गर्दा दुई मुलुकबीच टकरावको स्थिति समेत देखिएको छ । यसले पश्चिमा शक्ति राष्ट्रहरूले प्रत्यक्ष रूपमा र नेपाल जस्ता अस्थिर मुलुकहरूलाई प्रयोग गर्दै चीनलाई घेराबन्दी गर्न तत्पर देखिन्छन् भन्ने पुष्टि हुन्छ । नेपालको अस्थिरतालाई प्रयोग गर्दै छिमेकी मुलुक चीनविरुद्ध गतिविधि भइरहादा यस्तो विषयमा चीनका शासकहरूले यो विषयलाई सामान्य रूपमा लिनुहुादैन । बरु आफ्नोविरुद्ध गतिविधि हुनुको कारण खोज्न र नेपालको अस्थिरताले चीनलाई समेत नोक्सानी पुग्ने भएकाले यहााको समस्या समाधानका लागि पहल गर्न आवश्यक छ । अन्यथा विश्व शक्ति बन्ने तयारीमा रहेको चीनलाई विभिन्न माध्यमबाट घेराबन्दी र निशाना बनाउने घटनाहरू भइरहने नै छन् ।