यो हो २३ लाखमा बिकेको दुनियााको सबैभन्दा महंगो बिस्कुट

260

अन्तत: यो दुनियााको सबैभन्दा महागो बिस्कुटको घोषणा भएको छ । २३ हजार डलर अर्थात् २३ लाख रूपैयााभन्दा बढी मूल्यमा बिक्री हुादै उक्त ऐतिहासिक बिस्कुटले अर्को इतिहास रचेको छ । हुन त यो बिस्कुट बिक्री नै नभए पनि ऐतिहासिक महत्वकै बिस्कुट हो । किनकि यो बिस्कुट चर्चित टाइटानिक जहाजबाट निकालिएको हो ।
सन् १९१२ मा डुबेको टाइटानिक जहाजमा भेटिएको एउटा बिस्कुट गत हप्ता शनिबार बेलायतमा २३ हजार डलरमा लिलाम भएको छ । चौकुने आकारको यो बिस्कुटको पाना आटाबाट बनेको हो र यसको लम्बाइ १० सेन्टिमिटर रहेको छ । टाइटानिक दुर्घटनाको समयमा लाइफबोटमा रहेका जरुरी सामानहरूमा यो बिस्कुट पनि थियो । यो बिस्कुटको लिलामी गर्ने एन्ड एलड्रिजका अनुसार स्पिलर्स एण्ड बेकर्स कम्पनीको यो पाइलट नामको बिस्कुट लाइफ बोटको सर्भाइभल किटभित्र फेला परेको हो । यो बिस्कुटलाई सबैभन्दा पहिले जेम्स फेनविकले देखेका थिए र उनले त्यसलाई एउटा चिनोको रूपमा सुरक्षित गरी वाटरप्रुफ खाममा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here