ग्लोबल आइएमई बैंक र इन्डष्ट्रियल बैंक अफ कोरियाबीच रेमिट्यान्स सम्झौता

269

काठमाडौं/ ग्लोबल आइएमई बैंक र इन्डष्ट्रियल बैंक अफ कोरियाबीच रेमिट्यान्स सम्झौता भएको छ । कोरियामा कार्यरत नेपालीहरूलाई सहज रूपमा रेमिट्यान्स पठाउन ग्लोबल आइएमई बैंकले कोरियाको सरकारी बैंक इन्डष्ट्रियल बैंक अफ कोरियासाग रेमिट्यान्स सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली र इन्डष्ट्रियल बैंक अफ कोरियाका जेनेरल म्यानेजर ली डोङ्ग जियोपले हस्ताक्षर गरे । नेपालीहरूको बाक्लो उपस्थिति रहेको कोरियामा यस रेमिट्यान्स सेवाबाट धेरै नेपाली लाभान्वित हुने बैंकले जनाएको छ ।
उक्त सम्झौताअनुसार कोरियास्थित इन्डिष्ट्रियल बैंक अफ कोरियाका छ सय ४४ वटा शाखा कार्यालयबाट सिधै ग्लोबल आइएमई बैंकमा रहेको आफ्नो खातामा रेमिट्यान्स पठाउन सकिनेछ । पठाएको रकम ग्लोबल आइएमई बैंकको ८८ वटा शाखा कार्यालयबाट भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाकालदेखि नै कतार, यु.ए.ई., बहराइन, इण्डिया, मलेसिया, कोरिया, जापान, अष्ट्रेलियालगायत विश्वका विभिन्न मुलुकहरूको बैंक र एक्स्चेन्ज हाउसहरूसागको सहकार्यमा रेमिट्यान्स कारोबारलाई विशेष प्राथमिकतामा राख्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here