कांग्रेसबिना सरकारसँग छलफल गर्दैनौँः मोर्चा

124

काठमाडौ, २४ कार्तिक–सिमांकनका विषयमा झण्डै तीन महिनादेखि आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकार तराई आन्दोलनप्रति गम्भीर नभएको भन्दै कांग्रेसबिना वार्तामा सहभागि नहुने जनाएको छ ।
मोर्चाले प्रमुख दलहरुसँग वार्ता गरी समस्याको समाधान खोज्ने प्रयास गरेपनि दलहरु र सरकारले मोर्चाको प्रयासलाई गम्भीरताका साथ नलिएकाले तत्काललाई सम्वाद गर्नुको कुनै अर्थ नरहेको मोर्चाले जनाएको छ । मोर्चाले सरकारले मधेश आन्दोलनलाई गलततरिकाले व्याख्या गरेको भन्दै हालै प्रधानमन्त्री र मन्त्रीहरुले दिएको अभिव्यक्तिले वार्ताको वातावरण विघारेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here