छोटो समयमा जनताले अनुभूति गर्ने गरी काम गर्छुः प्रधानमन्त्री ओली

121

काठमाडौ, २४ कार्तिक–प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले छोटो समयमा जनताले अनुभूति गर्ने किसिमको काम गर्ने जनाएका छन् ।

सोमबार राप्रपा नेपालका दई राज्य र दुई सहायकमन्त्रीको सपथ ग्रहण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई सरकारको आयुको चिन्ता नरहेको भन्दै सरकारमा रहँदासम्म देश र जनताको पक्षमा महसुस हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफ्नो सरकार घाम जुन छउन्जेल टिकोस भन्ने अपेक्षा नराखेको र आफू छेपारोजस्तै टासिएर नरहने पनि जनाए । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मानिसको जीवनको कुनै भरोसा नहुने भएकाले बाँचुन्जेल राम्रोकाम गर्नु पर्ने जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here