राष्ट्रियतासँग ग्यास र तेल साटन सकिदैनः उपप्रधानमन्त्री केसी

210

काठमाडौ, २४ कार्तिक उपप्रधान तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले ग्यास र तेलसँग राष्ट्रियतालाई सम्झौता गर्न नकिने जनाएका छन् ।

नाकाबन्दीका कारण नेपालीले भोग्नुपरेको समस्याका बारेमा अवगत गराउन पुगेका नेपाल सहकारी पत्रकार समाजका टोलीसँगको कुराकानीमा उपप्रधानमन्त्री केसीले नेपाली जनतालाई पीडा भए पनि राष्ट्रियता, अखण्डता र सार्वभौमसत्ता खतरामा पारेर कुनै सम्झौता नगर्ने जनाएका थिए । नाकाबन्दीका विषयलाई अन्तर्राष्ट्रियकरण गरेर तत्काल समस्या समाधान गरिने भन्दै केसीले उहाँले खुला उदारीकरणका कारण देशले समस्या भोगेकाले अर्थनीतिमा हेरफेर गर्न आवश्यक रहेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here