सवारी दुर्घटनामा चारको मृत्यु

152

रौतहट, कात्तिक २४ । आज बिहान रौतहटको चन्द्रपुर नगरपालिका–१३ स्थित गौर चन्द्रनिगाहपुर सहायक राजमार्गमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चन्द्रनिगाहपुरबाट गौरतर्फ जांँदै गरेको ना ३३ प २०६८ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ९७९२ नंको मिनी ट्रक जुध्दा मोटरसाइकलमा सवार सबैको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय औरैया गाविस–२ बस्ने २२ वर्षीय विवेक सिंह, २५ वर्षीय जयप्रकाश गुप्ता, २४ वर्षीय कामोद सिंह र सखुअवा धमौरा गाविसका २६ वर्षीय रुपेशकुमार यादव छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here