विदेशीहरुले नेपालको आन्तरिक मामिलामा टाउको दुखाउनु पर्दैन ः नेता नेपाल

158

काठमाडौ, ३० कार्तिक नेकपा एमाले का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालको आन्तरिक मामिलामा विदेशीहरुले टाउको दुखाउन आवश्यक नभएको जनाएका छन् ।

प्रेस चौतारी नेपाल, बाँकेद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले नेपाल–भारतबीचको पुरानो मैत्रीपूर्ण सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित हुनुपर्नेमा जोड दिँदै मित्रको सम्बन्ध मानवीय हुनुपर्छ जनाए । उनले नेपालको संविधानले कसैप्रति भेदभाव नगरेको स्पष्ट पार्दै संविधानविरुद्ध मधेसका सोझा जनतामा भ्रम छर्ने काम भएको र नेपालको संविधान विश्वका कुनै पनि देशको भन्दा उत्कृष्ट रहेको जनाए ।

उनले एकल जातीयताका आधारमा प्रदेश गठन कदापि नहुने बताउँदै सहिष्णुता, सद्भाव र सहकार्यमुखी विशेषता बोकेको नेपाली समाजको चरित्र राजनीतिक स्वार्थमा बिगार्न नपाईने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here