भारतको एकै जिल्लामा २० हजार भारतीयसँग नेपाली नागरिकता !

165

काठमाडौ, मंसिर १ । पहिलो संविधानसभाको चुनाव नहुँदै भारतको दवावमा नेपालका राजनीतिक दलहरुले आप्रवासीलाई पनि नेपाली नागरिकता दिने कानून वनाए पछि सिमा क्षेत्रका भारतीयहरुले धमाधम नेपाली नागरिकता प्राप्त गरेका थिए । ४० लाख भन्दा वढि भारतीयहरुले नेपाली नागरिकता प्राप्त गरेको अनुमान त्यो वेला गरिएको थियो । नेपाल र भारतको खुला सिमानाको फाइदा उठाउँदै सीमाक्षेत्रका भारतीयहरुले दोहोरो नागरिकता लिएको रहस्य भारतीय सञ्चारमाध्यमवाटै खुलासा गरिएको छ । भारतको एउटै जिल्लाका करिब २० हजार व्यक्तिसँग दोहोरो नागरिकता रहेको भनी भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले उल्लेख गरेको छ । उक्त समाचारका अनुसार नेपालसँग ८० किलोमिटरसम्म सिमाना जोडिएको उत्तर प्रदेशको महाराजगञ्ज जिल्लामा मात्रै उल्लिखित संख्याका व्यक्तिहरुसँग दोहोरो नागरिकता भएको दाबी गरिएको छ ।

‘महाराजगञ्ज जिल्लाको ८० किलोमिटर लामो सीमा नेपालसँग जोडिएको छ, जहाँ ४० गाउँका लगभग २० हजार नागरिकसँग दोहोरो नागरिकता छ’ समाचारमा उल्लेख गरिएको छ । अबको केही महिनामै त्यहाँ हुन लागेको विधानसभाको चुनावलाई मध्यनजर गर्दै पत्रिकाले २० हजार भारतीय नेपाली नागरिकताधारी भएको र उनीहरुलाई चुनावमा मतदान गर्न दिनु नहुने भनी आफ्नो समाचारमा उल्लेख गरेको छ ।

दोहोरो नागरिकता लिनु आफैँमा गैरकानुनी काम हो । यदि एउटै जिल्लामा उक्त संख्यामा नेपाली नागरिकता पनि लिएका भारतीय छन् भने अवश्य पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भारतसँग सीमा जोडिएका क्षेत्रमा लाखौँको संख्यामा पुग्ने निश्चित छ । भारतसँगको खुला सिमानाका कारण नेपालले विभिन्न समस्याहरु भोग्नुपरिरहेको छ । त्यस्तै तराई क्षेत्रमा अस्थिरता निम्त्याउन र हिंसा भड्काउन पनि यस्तै भारतीयहरुको हात रहेको अनुमान गर्न सकिन्छ । दोहोरो नागरिकताका कारण नेपालमा नेपाली नागरिकता देखाउँदा कुनै कारबाही गर्न नसकिने जस्ता समस्या सम्बन्धित निकायलाई छ । पहिलो र दोस्रो संविधानसभामा यस्तै दोहोरो नागरिकताधारी लाखौंले मतदान गरेका होलान् भनेर गरिएको अनुमान सत्य सावित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here