पीएनजीसँगको दोस्रो खेलमा नेपालद्वारा २ सय २५ रनको चुनौती

126

काठमाडौं, मंसिर २ । विश्व क्रिकेट लिग च्याम्पियसिपअन्तर्गतको दोस्रो चरणको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनीसामु २ सय २५ रनको लक्ष्य प्रस्तुत गरेको छ । युएईमा जारी खेलमा नेपालले टस जित्दै ब्याटिङ रोजेको थियो । निर्धारित ५० ओभरको खेलमा नेपालले ८ विकेट गुमाउँदै उक्त रन जोडेको हो ।

खराब सुरुवात गरेको नेपालले पहिलो ओभरमा नै आफ्ना दुई ओपनिङ ब्याट्सम्यान गुमाएको थियो । अनिल मण्डल तथा सुवास खकुरेल शून्य रनमै पेभेलिएन फर्केका थिए । नेपालका लागि कप्तान पारस खड्काले ८१ बलमा ५ चौका प्रहार गरेर सर्वाधिक ५८ रन प्रहार गरे । सागर पुनले ९२ बल खेल्दै ४७ रन प्रहार गरे । त्यस्तै, शरद भेषवाकरले ४२ रन र उपकप्तान ज्ञानेन्द्र मल्लले ३६ रनको योगदान गरे । त्यस्तै अन्तिम समयमा क्रिजमा आएका मेहबुब आलमले १ छक्का प्रहार गर्दै ७ बलमा १५ रन बनाए ।

पपुवा न्युगिनीको तर्फबाट एन भनुवाले तीन तथा एस बाउ र ए भालाले समान दुई÷दुई विकेट हात पारे । खेलको दोस्रो इनिङ केही बेरमा सुरु हुँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here