सरकार र मोर्चाबीचको वार्ता फेरि असफल

134

काठमाडौं, मंसिर २ । सरकार र मधेसी मोर्चाबीच आज बुधबार निर्णायक हुने भनिएको वार्ता पनि निष्कर्षविहीन भएको छ । एमाओवादी अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमांकन हेरफेरसम्बन्धी विभिन्न विकल्पहरु प्रस्तुत गर्ने र सहमतिको वातावरण बन्ने दाबी गरिएको यो वार्ता पनि निष्फल भएको हो ।

बुधबार भएको छलफलमा प्रचण्डलाई ठूला दुई दल कांग्रेस र एमालेले साथ नदिएपछि उनले प्रदेशहरुको सीमा हेरफेर गर्ने आफ्नै प्रस्तावमा वार्तामा राख्न सकेनन् । राजनीतिक वा संसदीय समिति बनाउने प्रचण्ड प्रस्तावलाई भने मधेसी मोर्चाले अस्वीकार गरेको छ । मोर्चाले प्याकेजमै सबै समस्या समाधान गर्न माग गरेको छ । वार्तामा कांग्रेस भने औपचारिक जानकारी नगरिएको भनेर उपस्थित भएन ।

वार्ता असफल भएको कारण मधेसी मोर्चाले अब भोलि बिहीबार बैठक बसेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here