अमेरिकामा भारतीय नाकाबन्दीको विरोध

162

काठमाडौं– अमेरिकामा रहेका नेपालीहरूले भारतले नेपालमाथि दुई महिनादेखि लगाएको नाकाबन्दीविरुद्ध मंगलबार अमेरिकाको न्युयोर्कस्थित संंयुक्त राष्ट्र संघ भवनअगाडि प्रदर्शन गरेका छन् ।
प्रवासी नेपालीहरूको संस्था एनआरएन अमेरिकाद्वारा दर्जनौा नेपाली संघसंस्थाहरूलाई एकै ठाउामा भेला पारी गरिएको प्रदर्शनमा नेपालीहरूले मोदी इज मोर डिस्ट्रक्टिभ द्यान अर्थक्युक, ओपन द ट्ेरड वल्केड इन्डिया, व्याकअफ इन्डियालगायतका अंग्रेजी अक्षरबाट लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए । एनआरएन अमेरिकाले संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनलाई ज्ञापनपत्र बुझाएको उक्त संस्थाका अध्यक्ष डा. केशव पौडेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here