ओलीको ओजपूर्ण सम्बोधनमा अन्तरनिहित भारतभक्ति

174

काठमाडौं/ दशवर्षे जनयुद्धका नायक प्रचण्ड संयोजक रहेको उच्चस्स्तरीय राजनीतिक संयन्त्रले समेत अनुमोदन गरेको र सरकारमा रहेका सबै दलहरूले समर्थन जनाएको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गत आइतबार बालुवाटारबाट भव्य तामझामका साथ आयोजना गरिएको जमघटबीच राष्ट्रका नाममा गरिएको सम्बोधनमा लुकेको भारतभक्ति अत्यन्त खतरनाक भएको विश्लेषकहरूले औाल्याएका छन् । ओलीले नेपालका कम्युनिष्टहरूले राष्ट्रघाती भन्दै आएका नेपाल–भारतबीच भएका जलस्रोतसम्बन्धी असमान सन्धि, सम्झौताहरूलाई महत्वपूर्ण र सकारात्मक भनी उल्लेख गरेपछि विश्लेषकहरूबाट यस्तो टिप्पणी आएको हो । ओलीले आफू प्रधानमन्त्री भएपछि आइतबार पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै विगतमा भारतसाग विभिन्न महत्वपूर्ण र सकारात्मक सम्झौताहरू भएको भन्दै सन् १९५० को असमान सन्धि र विगतमा भएका गण्डक, कोशीलगायतका जलस्रोतसम्बन्धी असमान सम्झौताहरूमा मौनता देखाउनुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल गणतन्त्रमा गइसकेपछि स्थानीयबासीहरूको स्वायत्त अधिकारमाथि हस्तक्षेप गरी भारतको दबाबमा नेपाल सरकारबाट भए/गरेका अपर कर्णाली र अरुण तेस्रो जस्ता परियोजनासम्बन्धी सम्झौताहरूका साथै नेपाललाई पूर्णरूपमा भारत निर्भर बनाउने दीर्घकालीन लक्ष्य लिएको ऊर्जा व्यापार सम्झौतालाई सकारात्मक र महत्वपूर्ण भन्नुले वर्तमान सरकारको भारतपरस्त गन्तव्यलाई संकेत गरेको विश्लेषकहरूको दाबी छ । तत्कालीन नेकपा एमालेका महासचिव माधव नेपालको अगुवाइमा ओली आफौले समेत गरेको महाकाली सन्धिमा नेपालले गुमाउनुपरेको ९० प्रतिशत पानीको हकलाई समेत स्थापित गर्न नसकिएको अवस्थाप्रति सम्बोधनमा मौनता देखाइएको छ । यसले पनि सम्बोधनलाई भारतभक्तिको आरोप लगाइएको छ । विद्युत प्रशारण लाइन र इन्धन आपूर्तिका लागि पाइप लाइन बिस्तार गर्ने जस्ता योजनाले नेपाललाई थप भारत निर्भर गराउने अवस्थाबारे प्रधानमन्त्री ओलीको सम्बोधनमा कुनै उल्लेख नगरिनुले सम्बोधन भारतपरस्त भएको दावी विश्लेषकहरूको रहेको छ ।
भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीले मुलुक संकटको अवस्थाबाट गुज्रिरहेका बेला राष्ट्रियता र स्वाभिमानलाई प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बनेका ओलीले प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै विगतमा अन्य प्रधानमन्त्रीहरूले गर्नेभन्दा फरक किसिमको सम्बोधन गरी भारतको चर्काे आलोचना समेत गर्दैै आउनुभएको थियो । यसअघिको कांग्रेस नेतृत्वको सरकारले नाकाबन्दी समेत भन्न नसकेको अवस्थामा ओलीले भारतीय नाकाबन्दीलाई खुलेरै नाकाबन्दी मात्र उच्चारण गर्नुभएन, त्यसको चर्काे विरोध समेत गर्दै आउनुभएको छ । मुलुक संकटमा परेका बेला राष्ट्रका नाममा सम्बोधन गरेका ओलीले आफ्नो सम्बोधनमा मुलुक र जनताका पक्षमा राहत दिने प्रयास गर्ने आम अनुमानविपरीत सम्बोधनमा उल्लेख गरेका केही गम्भीर विषयहरूले उहााको राष्ट्रियताप्रतिको भावनामाथि पनि शंका गर्नुपर्ने अवस्था सिर्जना गरिदिएको टिप्पणीकारहरूले दावी गरेका छन् ।
करिब ४५ मिनेट लामो आफ्नो सम्बोधनका क्रममा भारतीय नाकाबन्दी र त्यसले नेपालमा पारेको असरका बारेमा पटक–पटक आलोचना गरेका ओलीले सम्बोधनको अन्तिममा नपुग्दै अन्तिम चौंथो अनुच्छेदमा नेपाल र भारतबीच विगतमा भएका आर्थिक सम्बन्धलाई दूरगामी प्रभाव पार्ने महत्वपूर्ण र सकारात्मक निर्णय भए पनि भारतले त्यसलाई सामान्य तरिकाले लिएको भन्दै विगतमा आफूले भारतलाई रिझाउन प्रयास गरे पनि भारतीय पक्षले त्यसलाई कमजोर ढंगले लिएको उल्लेख गर्नुभएको छ । उहााले गरेको सम्बोधनमा भारतीय नाकाबन्दीका कारण स्कुल बन्द हुादा बालबालिकाहरूमा भारतप्रति नकारात्मक प्रभाव पर्ने भन्दै भारतलाई सचेत गराएको र आफूले पनि त्यसप्रति चिन्ता प्रकट गरेको स्पष्टै बुझ्न सकिन्छ । जबकि भारतीय पक्षले पटक–पटक गर्ने यस्ता व्यवहारले स्वाभाविक रूपमा बालबालिकादेखि सबै पक्षको मानसिकतामा भारतप्रति विगतदेखि नै नकारात्मक प्रभाव बसिसकेको छ ।
सम्बोधनका क्रममा भारतप्रति निकै नै आक्रामक देखिएका ओलीको सम्बोधनमा उल्लेख भएका शब्दहरूले भने हामी भारतप्रति अझै पनि समर्पण हुन चाहन्छाौ भन्न खोजिएको प्रष्ट हुन्छ । विगतमा भएका असमान सन्धि, सम्झौताहरूलाई सकारात्मक र महत्वपूर्ण भन्नु र नेपाली जनतामा नकारात्मक प्रभाव पर्छ, सुध्रिऊ भन्नुले हामीले विगतमा पनि समर्पण गरेकै हौा र आगामी दिनमा पनि तयार छाौ तर जनतामा तिमीहरूले गलत प्रभाव नपार भन्न खोजिएको स्पष्ट हुन्छ ।
ओलीको सम्बोधनलाई केही राजनीतिक विश्लेषकहरूले सरकारको नीति तथा कार्यक्रमसाग जोडेर विश्लेषण गरिरहेका छन् भने केहीले राष्ट्रियतासाग पनि जोडेर विश्लेषण गरेका छन् । सामान्य रूपमा हेर्दा भारतप्रति आक्रामक देखिने ओलीको सम्बोधनमा लुकेका केही गम्भीर विषयवस्तुले विगतमा महाकाली सन्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका ओलीले आगामी दिनमा पनि भारतसाग मुलुकलाई गम्भीर असर पर्ने किसिमका सहमति र सम्झौता गर्ने त होइनन् भन्ने आशंका विश्लेषकहरूले व्यक्त गरेका छन् । विश्लेषकहरूले भारतपरस्त ठहर गरेको ओलीको सम्बोधनको अंश यस प्रकार छ–
‘गत एक वर्षमा नेपाल–भारत आर्थिक सम्बन्धलाई दूरगामी प्रभाव पार्ने केही महत्वपूर्ण र सकारात्मक निर्णयहरू भएका छन् । यसमा विद्युत व्यापार सम्झौता, माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनासम्बन्धी परियोजना विकास सम्झौता र लामो समयदेखि अवरुद्ध पञ्चेश्वर परियोजनासम्बन्धी समझदारीहरू रहेका छन् । यसले नेपाल भारतसाग कसरी आर्थिक साझेदारी गर्न चाहन्छ भन्ने संकेत गर्छ । तर हालैको स्थितिले दुई देशबीच विकसित आर्थिक साझेदारी र विकासका सम्भावना तथा दुई देशबीचको सम्बन्धमा गम्भीर नकारात्मक असर परेको छ । भारतबाट तेल आपूर्ति नहुादा सवारीसाधनको अभावमा शिक्षालय बन्द भई पढाई रोकिएको भन्ने अनुभूति गरेका सन्ततिहरूमा दुई देशबीचको सम्बन्धबारे कस्तो मनोविज्ञान निर्माण होला, सहजै अनुमान गर्न सकिन्छ । त्यसैले म मित्रराष्ट्र भारत सरकार र सम्बद्ध अधिकारीहरूसाग अघोषित नाकाबन्दी तत्काल अन्त्य गरी अत्यावश्यक वस्तुहरूको आपूर्ति सुचारु गर्न र दुई देशबीचको युगौा पुरानो सम्बन्धमा थप प्रतिकूलता उत्पन्न हुन नदिन नेपाल सरकार र समग्र नेपाली जनताका तर्फबाट जोडदार आग्रह गर्दछु । दुई देशबीच भएका उच्चस्तरीय भ्रमणका बेला प्रकट सद्भाव र ऐतिहासिक सन्दर्भको स्मरण गर्दै अविश्वास र शंकाको स्थिति समाप्त गरी समझदारी बढाउन आफ्नो तर्फबाट योगदान गर्न हामी तत्पर छाौ । यस सन्दर्भमा नेपाल सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्रीले गर्नुभएको भारत भ्रमण र म स्वयंले उच्च तहमा गरेका संवादको स्मरण गराउन चाहन्छु ।’
उल्लेखित अंशले व्यापक आशंका उब्जाएको छ । के हुन् ती उच्च तहमा भएका सम्वाद ? खुलासा गरिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here