खुमबहादुरले सफाई पाउने सम्भावना

295

भ्रष्टाचारको आरोपमा जेल परेका नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काले सफाई पाउने सम्भावना देखिएको छ । खड्काकी श्रीमती शीला शर्मा खड्काले पुनरावलोकनका लागि दिएको निवेदनलाई सर्वाेच्चले दर्ता आदेश दिएपछि खुमबहादुरले सफाई पाउने सम्भावना देखिएको हो । यस अघि खुमबहादुर आफैले पुुनरावलोकनका लागि निवेदन दिएपनि सर्वाेच्चले उनको निवेदन दरपीठ गरेको थियो । पछि शिलाले पुन निवेदन दिएपछि उक्त निवेदनमा सुनुवाई गर्दै न्यायधीश गोविन्दकुमार उपाध्यायको एकल इजलाशले बुधबार माग बमोजिम हुने आदेश जारी गरेको छ । उक्त आदेश पछि खड्काकी श्रीमती शीलाका नाममा रहेको सम्पत्तिको विषयमा अदालतले पुन बहस गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here