नाकाबन्दीका विरुद्ध वैद्य माओवादीको आन्दोलन

251

काठमाडौ, ३ मंसिर–वैद्य नेतृत्वको नेकपा माओवादीले भारतीय नाकाबन्दी र हस्ताक्षेप विरुद्ध आन्दोलन गर्ने भएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले भारतीय नाकान्दीक कारण मुलुकको अवस्था गम्भीर बनेको भन्दै भारत विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।
आन्दोलनका क्रममा माओवादीले नाकाबन्दी विरुद्ध देशव्यापी प्रचार प्रसार गर्ने, भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने, प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, धर्ना दिने लगाएतका कार्यक्रम सार्वजनिक गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here