काठमाडौ, ३ मंसिर–नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले तराईमा सेना परिचालन गरेर स्थिति सामान्य अवस्थामा ल्याउनु पर्ने जनाएका छन् ।
पछिल्लो समय तराईमा भारतीय गुण्डाहरुको सहयोगमा आन्दोलनलाई भड्काउने काम भएको भन्दै त्यसलाई नियन्त्रण गर्न सेना परिचालन एक मात्र विकल्प भएको उनको भनाई छ ।
भक्तपुरमा भएको एक कार्यक्रममा बोल्दै विजुक्छेले तराई क्षेत्रबाट हटाइएका प्रहरी चौकीको विस्तार गर्नुपर्ने जनाए । उनले मधेश आन्दोलनको नेतृत्वसँग हुने वार्ता नेपालका लागि घातक हुनेभन्दै मधेशीका सबै माग पुरा गर्न नहुने र नसकिने जनाए । उनले मुलुकका जलस्रोत भारतलाई बुझाउनु भन्दा वार्ता असफल हुनु नै ठिक भएको भन्दै उनले एमाओवादी अध्यक्ष प्रचण्डलाई कमजोर नेताका रुपमा टिप्पणी गरे ।