काठमाडौं– सिनर्जी फाइनान्सको साधारणसभा कात्तिक १५ गते सञ्चालक समितिका अध्यक्ष प्रशान्त मानन्धरको सभापतित्वमा सम्पन्न भएको छ । चुक्ता पुँजी ४ करोड ४४ लाख रहेको संस्थाले आव २०७०–०७१ मा निक्षेप संकलन १ अर्ब ९७ करोड ७४ छ भने कर्जा लगानीतर्फ १ अर्ब ५० करोड ९ लाख प्रवाह भएको जानकारी दिइएको छ । यस आवमा संस्थाको पुँजीकोष ९ दशमलव शून्य ९ प्रतिशत रहेकोमा आव २०७१–०७२ को अपरिष्कृत वित्तीय विवरणअनुसार १३ दशमलव ६० प्रतिशत पुँजीकोष रहेको जनाइएको छ । सिनर्जी फाइनान्स लि.को आगामी कार्यकालका लागि संस्थापक सेयरधनीका तर्फबाट झपटबहादुर बोहरा, सुरज क्षेत्री, होमबहादुर पुन, कृष्णहरि श्रेष्ठ तथा उमेशलाल श्रेष्ठ निर्विरोध चयन भएका छन् भने सर्वसाधारण सेयरधनीका तर्फबाट अनुभव ध्वजु, शशिराज बज्राचार्य तथा चन्द्रलोक प्रसाद श्रेष्ठ निर्वाचित भएका थिए ।