नेपालको अडानले भारतलाई झुकाउन सक्नुपर्छ

178

राज्यलक्ष्मी शाक्य
हाम्रो देशमा यतिबेला ठूलो संकट सृजना भएको छ । यो संकटको सामना गर्न नेपाली जनताले देखाएको धैर्यलाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रशंसा गरेका छन् । दुई पटक निर्वाचन सम्पन्न भई संविधानसभाको गठन भएको र संविधानसभाको दुई तिहाइ बहुमतबाट संविधान निर्माण गरी जारी गरिएको थियो । यो संविधान जारी भएपछि नेपाल आर्थिक विकासको गतिमा अघि बढ्ने आशा सर्वत्र पलाएको थियो । तर संविधान जारी भएपछि सीमांकनका विषयमा तराईमा चलिरहेको आन्दोलनले नेपाललाई अस्थिर बनाइरहेको छ । तराईको आन्दोलनले पूरै देश प्रभावित भइरहेको छ ।

यसक्रममा तराईलाई टुक्र्याउनेसम्मका चेतावनी समेत आइरहेका छन् । राष्ट्रिय स्वाधीनता अत्यन्त कमजोर बन्न पुगेको छ । संविधान जारी भइसकेपछि प्रमुख दलहरूलाई फुटाउनेदेखि विशेष दूतमार्फत मुख्य दलका शीर्ष नेताहरूलाई धम्क्याउने तथा अघोषित नाकाबन्दी, एउटा स्वतन्त्र, सार्वभौमसत्तासम्पन्न र स्वाभिमान मुलुकमा छिमेकी मुलुकले गर्नै नहुने निकृष्ट काममा भारत खुलेर लाग्यो । भारत बृटिश शासनबाट सन् १९४७ मा मुक्त भएदेखि नै नेपालप्रति बक्रदृष्टि राख्दै आएको छ । विगतमा कैयौं पटक नाकाबन्दी गरेर नेपाली जनतामाथि अमानवीय व्यवहार गर्दै आएको भारतले यसपटक नेपालको संविधान निर्माण प्रक्रियामाथि नै प्रश्न उठाएर नेपालको राष्ट्रिय स्वाधीनता आफ्नो मुठ्ठीमा रहेको सन्देश प्रवाह गर्न खोजेको बुझिन्छ । भारतको यस्तो प्रवृत्तिप्रति झुक्दै भारतसाग राष्ट्रघाती सम्झौता गर्ने नेपाली नेतृत्वका कारण नेपालको स्वाभिमान कमजोर हुादै आएको थियो भने नेपाली जनताले समेत आफ्नो स्वतन्त्र मुलुकप्रतिको हस्तक्षेपलाई टुलुटुलु हेर्नुबाहेक कुनै विकल्प थिएन । तर यसपटक परिस्थितिले केही कोल्टे फेरेको अवस्था छ । भारतले गरेको नाकाबन्दीलाई नेपाली जनताले अत्यन्त संयमताका साथ स्वीकार गरेका छन् । भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मीहरूमाथि ढुंगामुढा गर्नेसम्मका काम भएका छन् । यस्तो ज्यादतिपूर्ण कामले छिमेकीको सुरक्षा र संरक्षण पाउनु निन्दनीय हो । नेपाली जनताले आफ्नै प्रतिनिधिले तयार पारेको नयाा संविधान पाए पनि यो संविधानलाई लागू गर्न नपाउनु दुर्भाग्यपूर्ण हो । त्यो पनि संसारकै प्रजातान्त्रिक मुलुक भनेर चिनिएको भारत जस्तो छिमेकी मुलुकले गरेको अवरोधका कारणबाट संविधान कार्यान्वयन हुन नपाउनु कत्रो दुर्भाग्य हो !
नाकाबन्दीबीच भारतीय हस्तक्षेपलाई चुनौती दिादै केपी ओली नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएपछि तत्कालै ओलीलाई बधाई दिएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नाकाबन्दी खुकुलो गर्ने आशा गरिएको थियो । तर नेपाली जनताले गरेको आशा गलत साबित भएको छ । संविधान निर्माणपछिको पहिलो प्रधानमन्त्री बनेका ओलीसामु छिमेकी मुलुकको तीव्र हस्तक्षेप, मुलुकभित्रकै विभिन्न समुदाय र क्षेत्रको असन्तुष्टि तथा लामो समयदेखि अस्थिर रहेको मुलुकलाई निकाश दिादै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने चुनौतीहरू रहेका छन् । सबैले विश्वास गरेको कुरा के हो भने कम्युनिष्टहरू अरु राजनीतिक चिन्तकहरूभन्दा जनपक्षीय र देशभक्त हुन्छन् । नवनिर्वाचित प्रधानमन्त्री केपी ओली कम्युनिष्ट राजनीतिमा लाग्ने क्रममै १४ वर्ष जेल सजाय भोगेका व्यक्ति पनि हुन्, त्यसैले प्रधानमन्त्री ओली राष्ट्रिय स्वाधीनताको सवालमा झुक्दै नझुकेर भारतलाई सबक सिकाउन सफल हुने आशा सर्वत्र पाइन्छ ।
प्रधानमन्त्री ओलीले संविधान निर्माणमा खेलेको भूमिका र भारतीय हस्तक्षेपविरुद्ध लिएको अडानले प्रधानमन्त्री निर्वाचन प्रक्रियामा विगतमा जस्तो सत्ताको खेलभन्दा पनि नेपालको जीतका रूपमा ओलीको पदवहालीलाई नेपाली जनताले स्वागत र जय जयकार गरेका छन् । ओलीले गत आइतबार देशवासीका नाममा सम्बोधन गर्ने क्रममा भारतीय नाकाबन्दीको खुलेरै विरोध गर्नुका साथै नाकाबन्दी हटाउन आह्वान समेत गरेका छन् । भारतीय राजदूत रञ्जीत रेले नेपाल सरकारबाट औपचारिक पत्र प्राप्त भएमा नाकाबन्दी हटाउन आफूले सक्दो पहल गर्ने भनेर खुला अभिव्यक्ति सार्वजनिक गरेका थिए । राजदूत रेले यस्तो अभिव्यक्ति दिएपछि भारतको नाकाबन्दी अघोषित नभई घोषित नै रहेको पुष्टि भएको छ । नेपालका तर्फबाट कसैले पनि घोषित नाकाबन्दी भनेका थिएनन् । भारतीय राजदूतले नाकाबन्दी खुलाउन पहल गर्ने भनेर नाकाबन्दीलाई आङ्खनो देशको सरकारको आधिकारिक अभियानका रूपमा पुष्टि गरेका छन् । राजदूत रेले यसरी नाकाबन्दीलाई भारतको सुनियोजित अभियान भनिसक्दा पनि नेपालका तर्फबाट जिम्मेवार निकायले अघोषित नाकाबन्दी शब्द नै प्रयोग गरिरहेका छन् । प्रधानमन्त्री केपी ओलीले आङ्खनो लामो सम्बोधनका क्रममा समेत अघोषित नाकाबन्दीप्रति चिन्ता व्यक्त गर्दै नाकाबन्दी खुलाउन आग्रह गरेबाट भारतलाई दबाब पुग्ने विश्वास गरिएको छ । प्रधानमन्त्री ओलीको सम्बोधनलगत्तै दोस्रो दिनदेखि विभिन्न नाकाबाट इन्धन बोकेर आएका सवारीसाधनहरू भित्रिएका खबर पनि आएका छन् । यसले गर्दा प्रधानमन्त्री ओलीको सम्बोधन भाषणले भारतलाई दबाब पुगेको महसुस गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here