लान्छना लगाएर समाचार लेखेको भन्दै अख्यिारद्वारा ध्यानाकर्षण

230

काठमाडौ, ४ मंसिर–अख्तियार दुरुपयोग अुनसन्धान आयोगले विभिन्न छापा तथा विद्युतीय संचार माध्यमले आयोगलाई लान्छिल लगाउने किसिमका समाचार प्रकाशित गरेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अन्तराष्ट्रिय फुटबल महासंघ फीफाद्वार अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापामाथि हालै गरिएको कारबाहीसँग जोडेर आयोगको बदनाम गराउन खोजेको भन्दै आयोगले ध्यानाकर्षण भएको जनाएको हो । आयोगले “फिफा”द्धारा अलग सन्दर्भ र विषयवस्तु माथि केन्द्रित रहेर थापा विरुद्ध गरिएको खेल गतिविधि माथिको वन्देजात्मक एवं जरिवाना सहितको कारवाही प्रसंगमा अनावश्यक रुपमा आयोगको समेत नाम जोडेर समाचार प्रकाशित र प्रसारित गरिएको भन्दै आयोगले खेद व्यक्त गरेको छ ।
आयोगले प्रकाशित गरेको विज्ञप्तीको पुणै पाठ सहितः
अन्तराष्ट्रिय फुटवल महासंघ “फीफा” द्धारा अखिल नेपाल फुटवल संघका अध्यक्ष गणेश थापा माथी हालै मात्र गरिएको कारवाही सन्दर्भ संग गासेर केहि छापा तथा विध्युतिय संचार माध्यमहरुले यस आयोगलाई समेत लान्छित गर्दै प्रकाशित प्रसारिर समाचार प्रति आयोगको गंभिर ध्यानाकार्षण भएको छ ।
“फिफा”द्धारा अलग सन्दर्भ र विषयवस्तु माथि केन्द्रित रहेर थापा विरुद्ध गरिएको खेल गतिविधि माथिको वन्देजात्मक एवं जरिवाना सहितको कारवाही प्रसंगमा अनावश्यक रुपमा आयोगको समेत नाम जोडेर समाचार प्रकाशित र प्रसारित गरिएको कुरा प्रति आयोग खेद व्यक्त गर्दछ ।
वस्तुतस् “फिफा”द्धारा थापा विरुद्ध गरिएको पछिल्लो कारवाही प्रकरण क्रमशस् २००९ र २०११ मा “फिफा” कार्य समिति निर्वाचनमा एसियाली प्रतिनिधि चयन गर्दा निजले गरेको अनियमितता माथि केन्द्रित रहेको स्पष्ट छ ।
निश्चयनै यस सम्वन्धमा खेल पदाधिकारीहरु स्वयमले उपलव्ध गराएको उजुरी तथा त्यस अघि समेत आयोगमा पटक पटक परेका उजुरी निवेदन एवं सम्मानित संसदको सार्वजनिक लेखा समितिले विभिन्न १६ वटा विषयवस्तु निर्धारण गर्दै गत वर्षको आश्विन दाश्रो साता अनुसन्धान एवं छानविनको लागि लेखि पठाए वमोजिम एन्फा अध्यक्ष थापा माथि आयोगले गम्भिर अनुसन्धान एवं छानविन गरेको हो । सार्वजनिक लेखा समितिद्धारा निर्धारीत विषयवस्तु एवं आयोगमा प्राप्त अन्य उजुरीहरुमाथिको विस्तृत एवं गम्भिर अनुसन्धान र छानविनद्धारा लेखा समितिबाट समेत औल्याईएका विषय तथा अन्यान्य उजुरीहरुका हकमा अनियमितताको तथ्यगत पुष्टि हुन नसकेपछि आयोग ती उजुरीहरु तामेलीमा राख्ने निश्कर्षमा पुगेको वास्तविकता पुनस्स्मरण गाराउन चाहन्छौ । वास्तवमा आयोगको तामेली निर्णयनै कुनै पनि उजुरीमाथिको अन्तिम निर्णय होईन । पुनस् प्राप्त हुने जुन कुनै प्रमाणका आधारमा पनि तामेली उजुरीहरुलाई आयोगले पुनस् छानविन एवं अनुसन्धानको दायरामा ल्याउन सक्ने अवस्था विध्यमान रहन्छ ।
जहाँसम्म आयोगको सो छानविन प्रकृयालाई लान्छित गर्दै कतिपय संचार माध्यले औल्याएको अध्यक्ष थापाका छोरा गौरव थापाले मलेसियामा प्राप्त गरेको भनिएको १ लाख डलर रकमको प्रश्न छ सो विषय सम्पति शुद्धिकरण विभागको अनुसन्धान एवं छानविनको दायरामा पर्ने भएकाले यस आयोगले हालका आयोग पदाधिकारीहरुको वहाली पूर्व नै २०६९।०४।२१मा निर्णय गरी सम्पति शुद्धिकरण विभागलाई आवश्यक कारवाहीका लागि लेखि पठाईएको थप तथ्य आयोग स्पष्ट पार्न चाहान्छ ।
स्वभावतस् आयोग एउटा स्वतन्त्र र निष्पक्ष संवैधानिक निकाय हो । आयोगका प्रत्येक कार्य र निर्णयहरु मोलाहिजा, पुर्वाग्रह र अपारदर्शिताबाट मुक्त छन् र आयोगमा पर्ने उजुरीहरुको छानविन, अनुसन्धान एवं कारवाहीको आफ्नै विशिष्ट एवं वैज्ञानिक शैली छ । यस पृष्ठभूमिमा विषयवस्तुको गंभिरतालाई उपेक्षा गर्दै आयोगको मर्यादा र प्रतिष्ठामाथि नै धावा बोल्ने ढंगबाट सतही एवं मनोगत आधारमा निर्मित समाचार र विचारहरुलाई कतिपय संचारमाध्यम हरुले अनावश्यक महत्वका साथ स्थान दिदै आएको कुरा प्रति आयोग दुस्ख व्यक्त गर्दछ । आयोगका अनुसन्धान अधिकृतहरुले महिनौको दुस्ख र मेहेनतका साथ गरेको वृहत एवं गम्भिर अनुसन्धान एवं आयोगको निष्पक्ष निष्कर्श माथि प्रश्न उठाउनु भन्दा पनि यस विषयमा थप वस्तुनिष्ठ प्रमाणहरु उपलव्ध गराएर आयोगको अनुसन्धान कार्यमा सहयोग पुर्याई दिन हुन आयोग सम्वद्ध सवै पक्षलाई आग्रह गर्दछ । आयोग विरुद्ध अनर्गल प्रचार र काल्पनिक आक्षेप लगाउनुको सट्टा भ्रष्टाचार तथा अनियमितता सम्वन्धि तथ्यगत आधार सहितका सूचनाहरु उपलव्ध गराएर भ्रष्टाचार नियन्त्रण एवं सुशासन स्थापनाको गुरुत्वर अभियानमा योगदान दिन हुन आयोग तमाम संचारकर्मी तथा जनसाधारणमा थप अपिल समेत गर्दछ । जहाँ सम्म “फिफा” निर्वाचनका क्रममा अध्यक्ष थापाले गरेको भनिएको अनियमितताको विषय छ सो सन्दर्भमा हाल आयोगले अध्यक्ष थापा सम्वद्ध फिफाका निर्णय एवं वस्तुगत प्रमाणहरु संकलन गरि रहेको र सो विषय आयोगको क्षेत्राधिकार भित्र पर्ने भएको खण्डमा छानविन एवं अनुसन्धान कार्यलाई तिव्रताका साथ अघि बढाउन आयोगले कुनै कसर बाँकी नराख्ने तथ्य समेत जानकारी गराईन्छ ।
स्वतन्त्र, निष्पक्ष र व्यवसायिक पत्रकारीता प्रति आयोगको सदैव उच्च सम्मान रहि आएको छ । आयोग संग सम्वन्धित विषयवस्तु माथि आयोगको समेत आधिकारिक धारणा बुझेर मात्र समाचार प्रकाशन प्रसारण गरिदिन हुन आयोग आम संचार जगत संग आग्रह गर्दछ ।

(कृष्णहरि पुष्कर)
सहसचिव एवं प्रवक्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here