भारतीय नाकाबन्दीविरुद्ध अमेरिकामा आज प्रदर्शन गरिदै

134

काठमाडौ, अमेरिकामा रहेका नेपालीहरूले भारतीय नाबाबन्दी विरुद्ध विशाल प्रदर्शनको तयारी गरेका छन् । वासिङ्गटन डिसीमा स्थानीय समयअनुसार आइतबार बिहान ११ देखि ३ बजेसम्म ‘भारतीय नाकाबन्दीविरुद्ध प्रदर्शन गर्ने अमेरिकामा रहेका नेपालीहरुले जनाएका छन् ।

अमेरिकामा रहेका नेपालीहरूको प्रतिनिधिमूलक संस्थाहरूले संयुक्त रूपमा कार्यक्रमको आयोजना गर्न गइरहेका छन् । प्रदर्शन कार्यक्रममा अमेरिकी नीतिनिर्माताहरुलाई पनि संलग्न गराउने, अमेरिकी काँग्रेस सदस्य, सिनेटरका साथै भारतीय दूतावासमा पनि ज्ञापनपत्र बुझाउने त्यहाँ रहेका नेपालीहरुले जनाएका छन् । कार्यक्रमको नेतृत्व एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले गर्ने ेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here