राजमार्ग अवरुद्ध गर्ने आन्दोलनकारी र प्रहरीबीचको झडपमा दुईको मृत्यु

161

काठमाडौ, ६ मङ्सिर । राजमार्गमा अवरुद्ध गर्ने मधेसी मोर्चाका कार्यकर्ताले सवारी साधन स्कटीङ गर्ने प्रहरीहरुमाथि आगमणमा उत्रिएपछि भएको झडपमा सप्तरीको भारदह र रुपनीमा शनिबार राती दुईजना आन्दोलनकारीको मृत्यु भएको छ ।
झडपमा परी प्रहरीले चलाएको गोली लागेर सप्तरीको भारदह सडकखण्डमा जिल्लाको बलिया बतनाहा गाविस– १ का १५ वर्षीया नरेन रामको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै रुपनी सडकखण्डमा प्रहरीले चलाएको गोलीबाट सप्तरीको जोमनी मधेपुरा गाविस– ९ निवासी २५ वर्षीय नागेश्वर यादवको मृत्यु भएको बताइएको छ ।

प्रहरीको गोली लागेर भारदह र रुपनीमा एक दर्जनभन्दा बढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये आधा दर्जनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर रहेकाहरुको हात, खुट्टा, टाउको र छातीमा गोली लागेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको न्युरो अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

यसैबीच सप्तरी प्रशासनले आज विहानदेखि राजमार्ग क्षेत्रअन्तर्गत कोसी ब्यारेजदेखिको भारदह, कञ्चनपुर, रुपनी र कदमहा सडकखण्डसहित सदरमुकाम राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here