तराईलाई पहाटबाट छुट्याउन मिल्दैनः उपप्रम केसी

187

काठमाडौ, ७ मंसिर– उपप्रधान, सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले तराईलाई पहाडबाट छुट्याउन नमिल्ने जनाएका छन् । बाग्लुङको गल्कोटमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री केसीले सीमाङ्कन हेरफेर गर्ने नाममा तराईका जिल्लालाई पहाडबाट अलग गर्न नसकिने जनाएका हुन । उनले मधेसवादी दलले आन्दोलनका नाममा तराईका २२ जिल्लालाई अलग्याउन खोजेको समेत आरोप लगाएका छन् ।

आफ्नो पार्टीले सङ्घीयताको विपक्षमा राखेको मत अहिले सही भएको पुष्टि भइरहेको भन्दै मन्त्री केसीले सङ्घीयता नेपालका लागि गलपासो जस्तो बन्दै गएको जनाएका छन् । संविधान जारी भएपछि भारतले गरेको अघोषित नाकाबन्दीको विरोध गर्दै उपप्रम केसीले भारतले अनावश्यक रुपमा हस्तक्षेप गरेको जनाए । केसीले राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र स्वाधीनताका लागि कसैसँग सम्झौता नहुने स्पष्ट पारेका छजन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here