चीनसँगको व्यापार तथा पारवहन सम्बन्धमा जोड दिनुपर्नेमा जोड

154

काठमाडौँ, ८ मङ्सिर । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले भारतले गरेको नाकान्दीका कारण अत्यावश्यक वस्तुको आपूर्तिमा अवरोध भएको भन्दै चीनसँगैको व्यापार तथा पारवहन सम्बन्ध अघि बढाउनु पर्ने जनाएका छन् ।
नेपाल चीन कार्यकारी परिषद् र विदेशी राष्ट्रहरूसँग मित्रताका लागि जियान्जी जनसङ्घ नामक संस्थाले सोमबार काठमाडौमा संयुक्त रूपमा आयोजना गरेको नेपाल चीन जियान्जी व्यापार प्रवद्र्धन गोष्ठीमा मन्त्री राईले यस्तो जनाएका हुन् । उनले जतिसक्दो चाँडो बन्द, हडताल र नाकाबन्दी खुलाउने बारेमा आन्दोलनरत मधेसकेन्द्रित दल र भारतसँग छलफल भइरहेको जानकारी समेत दिएका थिए ।

भूकम्पपछिको नवनिर्माण र पुनःनिर्माणमा चीनले सहयोग गर्ने विश्वास व्यक्त गर्दै मन्त्री राईले नेपालले चीनसँग पारवहन र व्यापारिक सम्बन्धलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने जनाएका हुन् ।
‘चीन हाम्रो पुरानो छिमेकी मुलुक हो, त्यसअर्थमा पनि भूकम्पको समयमा होस् या भारतले लगाएको नाकाबन्दीको समयमा होस्, उसले नेपाललाई सहयोग गर्दै आएको छ, त्यसका लागि सरकारका तर्फबाट धन्यवाद दिन चाहन्छु’ सरकारका प्रवक्ता समेत रहेका राईले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here