छोरीले दिइन् बाबुलाई दागबत्ती

156

काठमाडौ, ८ मंसिर– तनहुँ जिल्लाको ब्यासनगरपालिका वडा नं १ निवासी ४७ वर्षकी सीता शाहीले
उनका पिता डिलबहादुरको मृत्यु भएपछि दागबत्ति दिएकी छिन् । पिताको ७९ वर्षको उमेरमा सोमबार मृत्यु भएपछि सेतीमादी नदीस्थित डमौलघाटमा गएर उनले दागबत्ती दिएकी हुन् । उनले बाबुआमाले हुर्काए बढाएकाले आफू पनि छोराजस्तै भएकाले दागबत्ति दिएको जनाएकी छिन् । घरकी जेठी छोरी अविवाहित हुन् ।

समाजमा हुने विकृति विसङ्तिलाई उजागर गर्न र छोरी पनि छोराभन्दा कमी छैनन् भन्ने देखाउन बाबुलाई दागबत्ती दिएको उनले जनाएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here