कालोबजारी नियन्त्रण गर्न प्रचण्डको निर्देशन

138

काठमाडौं/ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीलाई कालोबजारी रोक्न निर्देशन दिएका छन् । उनले कालोबजारी, अनियमितता र भ्रष्टाचार रोक्न नसके मन्त्रीहरूलाई फिर्ता बोलाउने पनि दाबी गरेका छन् ।
नेपाल संवत्को नयाा वर्षको अवसरमा कीर्तिपुर नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘भ्रष्टाचार, अनियमितता र कालोबजारी हामीलाई सह्य छैन । यो नियन्त्रण गर्न नसके मन्त्रीहरूलाई तुरुन्त फिर्ता बोलाइनेछ ।’ उनले उपलब्ध इन्धनको न्यायोचित बााडफााटका लागि सरकारलाई आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here