चन्द्रप्रकाश बानियाा
भर्खरै नयाा शक्ति निर्माणका भर्खरै नयाा शक्ति निर्माणका अभियन्ताहरूको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नाकाबन्दीबाट उत्पन्न संकटका कारणले अलिकता ओझेलमा परेको भए पनि डा.बाबुराम भट्टराईको नयाा शक्ति निर्माण अभियानले समाजको ध्यानाकर्षण गरिरहेकै थियो । फरक कति मात्रै हो भने एमाओवादी पार्टीभित्रै रहेर उनले नयाा शक्तिको दुन्दुभी बजाइरहादा झ्याली–झ्याम्टा, खंैजडी–मुजुरा र डमरु–नगरा बजाएर साथ दिने बौद्धिक समुदाय यतिबेला भने उनको नजिक उभिन अन्कनाउन थालेको देखिएको थियो (छ) । ठूलासाना राजनीतिक दलमा सामेल राजनीतिक कार्यकर्ता र नेताहरू मात्रै होइन, पार्टीभन्दा बाहिरको विद्वत् समुदाय पनि बाबुरामको अभियानमा संलग्न हुन हिच्किचाइरहेको छ । सायद अभियानले मुलुकको राजनीतिमा हस्तक्षेप गर्ने हैसियत आर्जन गर्ने लक्षण देखाउन सक्छ कि सक्तैन भनेर ‘पर्ख र हेर’ को स्थितिमा त्यो समुदाय रहेको हुनसक्छ । अथवा आफौले संविधान मस्यौदाको नेतृत्व गरेर संविधानमा सहीछाप ठोक्ने अनि त्यही संविधानले सिङ्गो मुुलुकको आवश्यकता र अपेक्षा सम्बोधन गरेन भनेर संविधान कार्यान्वयनको बेला सर्लक्क पन्छिएर तमासेको रूपमा किनारामा उभिने उनको निर्णय शंकाको घेरामा परेको पनि हुनसक्छ । अथवा डा. भट्टराई स्वयंले मुलुकमा आगो झोसेर आफू किनाराको तमासे बनेको जस्तो अनुभूति पनि समाजले गरेको हुनसक्छ ।
नेपालको परम्परागत राजनीतिक वृत्तले देशमा नयाा राजनीतिक शक्तिको आवश्यकता देख्दैन । देख्ने कुरा पनि भएन । किनकि जुन ढााचा र ढर्रामा राजनीति चलिरहेको छ, त्यो नै मुलुकको उन्नति प्रगतिका लागि पर्याप्त र उपयुक्त छ भन्ने त्यसले ठान्दछ । आफूहरूबाट कतै गल्ती भयो कि अथवा राजनीतिले गलत बाटो समात्यो कि भनेर चिन्ता लिने र समीक्षा गर्नुपर्ने आवश्यकता नै ठान्दैन । उच्च राजनीतिक हैसियत प्राप्त गर्नेहरूले आफ्नो घरपरिवारको राम्रो बन्दोबस्त गरेको देखेर तल्लो पंक्ति धैर्यपूर्वक आफ्नो पालो पर्खेर बसेजस्तो देखिन्छ । तलदेखि माथिसम्म कसैले पनि आफूलाई देश र समाजप्रति जिम्मेवार ठान्ने कर्तव्य स्मरण गरेको देखिादैन । सच्याउने सच्चिने प्रयत्नको आवश्यकतै कहीाकतै अनुभूत भएको देखिादैन । राजनीतिमा लाग्नेहरूले भविष्य त्यसैमा सुरक्षित देखेर आाखा चिम्लुन स्वाभाविक होला, तर राजनीतिक व्यवसायबाट टाढै रहन रुचाउनेहरूमा पनि त्यस्तो चेतना पलाएको देखिादैन ।
सौता लाग्न आएको ठानेर अथवा आफूले खाइपाई आएको सुविधा कटौतीमा पर्ने हो कि भनेर पुराना राजनीतिक खेलाडीहरूले नयाा शक्तिको विरोध गर्नु स्वाभाविक हो । प्रशस्त श्रम र समय लगानी गरेर निर्माण गरेको राजनीतिक कोटरीमा रमाउनुभन्दा ठूलो अभीष्ट उनीहरूसाग अर्को रहादैन । तर जो त्यो होड र व्यसनमा छैन, उसले पनि मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेको स्थितिमा जनताको राजनीतिक अभीष्ट पूरा भइसकेको ठान्छ र अब मुलुक एकोहोरिएर उन्नति, प्रगति र समृद्धितिर लागिदिए हुन्थ्यो भन्ने अपेक्षा राख्छ । त्यसैले नयाा शक्ति निर्माणको शंखघोषलाई असामयिक र वाहियात कसरत मान्दछ । मुुलुकमा मञ्चन भएका सिलसिलेवर आन्दोलन, विद्रोह र क्रान्तिका श्रृङ्खलाहरूले अपेक्षित राजनीतिक परिवर्तनहरूलाई सम्भव बनाइदिएका पनि छन् । आमूल परिवर्तनको लक्ष्य लिएर सशस्त्र युद्धमा होमिएको शक्तिसमेत हतियार बिसाएर सत्ताको खेलमा सामेल भइसकेको छ र कैयौं नेता–कार्यकर्ताहरूले महत्वपूर्ण पद प्रतिष्ठा पनि हासिल गरिसकेको अवस्थामा फेरि किन र केका लागि नयाा शक्ति निर्माणको आवश्यकता पर्यो होला भन्ने जिज्ञासा सामान्य जनसाधारणका मनमा पलाउनु स्वाभाविक हो ।
‘माल पाएर के गर्नु, चाल पाए पो काम लाग्छ’ भनेजस्तो मुलुकमा राजनीतिक व्यवस्थाले मोटामोटी आकार लिइसकेको भए पनि त्यसलाई ढङ्ग पुर्याएर चलाउन जानिएन भने अपेक्षित प्रतिफल प्राप्त हुनसक्तैन । व्यवस्था आफौ सबै थोक होइन । लोकतान्त्रिक गणतन्त्रलाई मुलुकका लागि आवश्यक पर्ने सबै कुरा फल्ने कल्पवृक्ष ठान्नु कोरा कल्पना मात्र हो । कुशल बाासुरी वादकले बाासुरी पसलमा रहेका सबै आकारप्रकारका बाासुरीबाट मनमोहक धुन निकाल्न सक्छ । तर सीप नहुनेले जुन बाासुरी फुके पनि सबैबाट कर्णकटु आवाज निस्कन्छ । अर्थात् बासुरी बजाउनेको सीप महत्वपूर्ण हुन्छ । बाासुरीको आकारप्रकारले कुनै अर्थ राख्दैन । डा. भट्टराईको नयाा शक्ति निर्माणको अभियानको गुढार्थ पनि कुशल बाासुरीवादकहरू उत्पादन गर्नु हो जस्तो लाग्छ । नयाा संविधानले एउटा बाासुरीसम्म तयार गरिदिएको छ । त्यसलाई ढङ्ग पुर्याएर फुक्ने शिल्पीहरूको खानापूर्तिका लागि नयाा शक्ति निर्माणको अभियानलाई जन्म दिइएको हो भने त्यस्तो परिकल्पनालाई सकारात्मक चिन्तन भन्न कञ्जुस्याइा गर्नुपर्दैन ।
०४६ सालको परिवर्तनपछि सत्तारुढ नेपाली कााग्रेसले पञ्चहरूको पदचिह्न पछ्याउन रुचायो । एमालेले नेपाली कााग्रेसलाई आफ्नो गुरु थाप्यो । २०६२/६३ पछि खुला राजनीतिमा उदाएको नयाा शक्ति एमाओवादी पनि एमालेको ‘फोटोकपी’मा रूपान्तरित भइदियो । राजनीतिक परिवर्तनका लागि नेपाली जनता दशकौंदेखि निरन्तर लडिरहेका छन् र ठूल्ठूला उपलब्धिहरू हासिल गरेका पनि छन् । तर विडम्बना कस्तो रहेको छ भने राजनीतिक नेतृत्वको बुद्धि, विवेक, क्षमता र योग्यतामा कुनै चामत्कारिक अन्तर मुलुकले देख्न पाएन । आमूल परिवर्तनका लागि दश वर्षसम्म सशस्त्र युद्ध लडेको राजनीतिक शक्तिका नेता र जनताका हरेक आन्दोलन र परिवर्तनका अपेक्षाहरूको विपक्ष उभिादै आएका पञ्चनेताहरू घुाडा जोडेर एउटै भान्सामा थाल लतार्न थालेको अनौठो परिस्थिति निर्माण भएको छ । त्यसको अर्थ या त मुलुकमा कुनै परिवर्तन भएको छैन, कि त निर्दलीय पञ्चायतवादी र बहुदलीय गणतन्त्रवादी नेतृत्वबीच कुनै अन्तर छैन भनेर मान्नुपर्ने अवस्था उत्पन्न भएको छ । निक्र्यौलमा के भन्न सकिन्छ भने निरंकुश पञ्चायती व्यवस्था फयाकिएको दिव्य २५ वर्ष बितिसक्दासम्म पनि मुलुकको उन्नति प्रगति हुन नसक्नुको मूल कारण नेतृत्वको नालायकी नै हो । मुलुकले २५ वर्षमा एउटा पनि धुरन्धर बाासुरीवादक जन्माउन नसकेकै रहेछ ।
मुलुकमा समावेशी प्रतिनिधित्वसहितको संघात्मक गणतन्त्र स्थापित भइसकेको छ । तर गणतन्त्रका धुरन्धर विरोधी कमल थापा कार्यकारी उपप्रमुख छन् । संघात्मक व्यवस्थाका घनघोर विरोधी केसी र समावेशी सिद्धान्तका प्रखर आलोचक रावलहरू पनि समानान्तरमा प्रतिस्थापित छन् । गणतान्त्रिक आन्दोलनको उपहास गर्ने पात्र प्रधानमन्त्री छन् । समावेशी चरित्रको संघीय गणतन्त्रलाई संस्थागत गर्ने दायित्व त्यो विचारसाग असहत रहादै आएका मानिसहरूको हातमा परेपछि परिणाम के होला भनेर सजिलै अनुमान लगाउन सकिने कुरा हो । हो, त्यही अर्थमा नयाा शक्तिको आवश्यकता भने खट्कादो छ भन्न धकाउनुपर्दैन । पुरानो कारखानाबाट उत्पादन हुने पार्टपूर्जाहरू नयाा मोडेलको गाडीमा फिट हुने प्रश्नै उठ्दैन । नयाा गाडीका लागि नयाा कम्पनीकै पार्टपूर्जाहरूको आवश्यकता पर्छ ।
प्रश्न उठेको राजनीतिक नेता कार्यकर्ताहरूको क्षमता, योग्यता, चरित्र र नियतमा हो । नातावाद, कृपावाद, भ्रष्टाचार, अनाचार र अनैतिकतालाई तिलाञ्जली दिने, राजनीतिलाई व्यवसाय नसम्झने र नि:स्वार्थ समाजसेवाको रूपमा बुझ्ने नेतृत्वको खााचो महसुस भएको हो । हो, त्यस कोटीका नेता–कार्यकर्ता उत्पादन गर्नका निमित्त नयाा कारखाना स्थापना गर्नु अवश्य जरुरी छ । यतिबेला क्रियाशील पार्टीरूपी कारखानाहरूबाट ५० वर्षमा एउटा मनमोहन वा अर्को बाबुराम जन्माउन सकिएला तर मुलुकको समग्र आवश्यकता धान्नेगरी शुद्ध आचरणयुक्त नेता–कार्यकर्ताहरू उत्पादन हुन सक्तैनन् भन्ने कुरा प्रमाणित भइसकेको छ । त्यसैले नयाा शक्ति होइन, सदाचारी कार्यकर्ता र क्षमतावान् नेता उत्पादन गर्ने कारखानाको आवश्यकता महसुस भएको हो । त्यसका निमित्त राष्ट्रिय भेलामा देखिएको बहुरंगी र बहुपक्षीय उपस्थिति नयाा शक्तिको संगठनमा पनि प्रतिविम्बित हुनुपर्छ । एमाओवादीबाट चोइटिएर आएका नेता–कार्यकर्ताहरूकै भरमा डा. भट्टराईको संकल्प पूरा हुने कल्पना गर्न सकिादैन । त्यसो हुन्थ्यो भने एमाओवादीलाई नै नयाा शक्तिमा रूपान्तरण गर्न सकिन्थ्यो होला । एमाओवादीलाई एमालेपथमा पतन गराउने कार्यमा बाबुराम पक्षधर नेता कार्यकर्ताहरू जिम्मेदार थिएनन् भन्नु सूर्यको प्रकाशलाई हत्केलाले छेक्न खोज्नुजस्तै असफल प्रयत्न हो । नयाा शक्ति निर्माणको अभियान यो चौघेराबाट मुक्त हुन सकेन भने त्यसबाट आउने प्रतिफल नयाा शक्ति होइन, पुरानै प्रविधिमा बनाइएको नयाा चुलो मात्र ठहरिनेछ ।