नाकाबन्दीविरुद्ध सडक आन्दोलनमा माओवादी शक्ति

279

काठमाडौं/ भारतीय नाकाबन्दीका कारण मुलुकमा संकट गहिरिादै जाादा माओवादी शक्तिहरुले भारतविरुद्ध सडक आन्दोलन चर्काउन सुरु गरेका छन् । नाकाबन्दीका कारण जनजीवन अस्तव्यस्त बनेको र अत्यावश्यक वस्तुको अभावसागै मुलुकको अर्थतन्त्रसमेत चिन्ताजनक अवस्थामा पुगेपछि मोहन वैद्य नेतृत्वको (क्रान्तिकारी माओवादी) तथा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भारतविरुद्ध आन्दोलन सुरु गरेका छन् । वैद्य नेतृत्वको माओवादीले मंसिर ७ गते भारतीय नाकाबन्दीविरुद्ध भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउादै नेपालको सार्वभौमिकतालाई कमजोर नठान्न चेतावनी दिादै विरोध जनाएको छ भने विप्लव नेतृत्वको माओवादीले मंसिर ८ गते राजधानीमा विशाल जनप्रदर्शनसहित भारतीय नाकाबन्दीको विरोध गरेको छ । विगतका तुलनामा निकै ठूलो जनप्रदर्शन गरेको विप्लव माओवादीले नेपाललाई सानो देश भनेर नहेप्न चेतावनी दिादै नेपालतर्फ हस्तक्षेप गर्दा भारततर्फ पनि आन्दोलन सल्किने चेतावनी दिएको छ । नेपालको आन्तरिक मामिला समाधान गर्न नेपाल आफौ सक्षम रहेको भन्दै नेकपा माओवादीले भारतीय व्यवहारको आलोचना गरेको थियो । विप्लव माओवादीले भारतसाग भएका असमान सन्धि खारेज गर्नुपर्ने माग गर्दै यही मंसिर १३ गते नेपाल बन्दको समेत आह्वान गरेको छ ।
राजधानीको रत्नपार्क शान्तिवाटिकाबाट विरोध जुलुस निकालेर जमल, घन्टाघर, कमलादी, पुतलीसडक, भृकुटीमण्डप, भद्रकाली, सुन्धारा हुादै पुन: सोही ठाउामा आएर सभामा परिणत भएको माओवादीको जुलुसमा माओवादीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायतले नाकाबन्दी र भारतीय व्यवहारको विरोध गरेका थिए । सो कार्यक्रममा माओवादीले आफ्नो नयाा सरकारका रुपमा जनपरिषद्को पनि घोषणा गरेको छ । केही दिनअघि मात्र गठित माओवादीको सत्ता संरचना केन्द्रीय जनपरिषद्का प्रमुख सन्तोष बुढामगरले जनपरिषद्ले गरेका निर्णयहरुबारे जानकारी गराएका थिए । हजारौा कार्यकर्ता, नेता, समर्थक, शुभचिन्तकहरु सहभागी जुलुसमा भारतीय नाकाबन्दी, हस्तक्षेपसागै महंगी, कालोबजारी र दलालीकरणका विरुद्ध चर्का नारा लगाइएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here