निकासका लागि सबैले हठ त्याग्न आवश्यक

182

 राधा बुढाथोकी मगर
चाडपर्व लागेपछि केही मत्थर भएको मधेस आन्दोलन छठपछि फेरि जुर्मुराएको छ । मधेस आन्दोलनको यो पुनर्जागरण पहिलाको जस्तो भने छैन । मधेस आन्दोलन सुरु भएको सयौा दिन पार गर्दा यो अझै हिंसात्मक र मानवताविहीन बन्दै गएको छ । आन्दोलनकारी यतिसम्म उत्तेजित भएका छन् कि एम्बुलेन्स र औषधि बोकेका गाडीहरूले पनि छुट पाएका छैनन् । मानौा ती कुनै बम बारुद बोकेका बंकरहरू हुन् । गत शनिबारको रात प्रहरी र आन्दोलनकारीबीच सप्तरीको भारदह र रूपनीमा दोहोरो भीडन्त भएपछि मधेसको आन्दोलन झन् उग्र भएको छ । आइतबार सप्तरीमा कफ्र्यु आदेश जारी भए पनि आन्दोलनकारीले कफ्र्युको अवज्ञा गरी विभिन्न ठाउामा प्रदर्शन गरेपछि उनीहरू र प्रहरीबीच विभिन्न स्थानमा झडप भएको छ । तर यी सबैको प्रमुख जिम्मेवार रहेको सरकार र मोर्चापक्ष भने ‘मेरो गोरुको बाह्रै टक्का’ भन्दै टसमस पनि भएका छैनन् । आखिर जनता कहिलेसम्म यी दुई पक्षको गैरजिम्मेवारीको शिकार भइरहने ?
सरकारले मोर्चासागको वार्तामा गम्भीरता नदेखाएकै कारण यस्तो जटिल परिस्थिति निम्तिएको हो । यस्तो अवस्थामा भने देशको जिम्मेवार पार्टी कााग्रेस कानमा तेल हालेर बसेको छ । मानौा जनताको समस्याको समाधान गर्ने जिम्मा केवल सत्तारुढ दलहरूको मात्र हो । यो राष्ट्रिय संकटको अवस्था हो । यो बेला कसैले पनि आफ्नो स्वार्थलाई नहेरेर एकजुट भई समस्या समाधान गर्न आवश्यक छ । तर आपसी मनमुटाव र आन्दोलन तथा संकटपूर्ण अवस्थाको भुंग्रोमा स्वार्थको रोटी सेक्ने दलहरूको अभिलाषाले जनताले दु:ख पाएका छन् । कााग्रेस सत्तारुढ दल मधेस समस्या समाधान गर्न असफल भएको देख्न चाहन्छ र यसको दोष उनीहरूलाई थोपरेर आफू पानीमाथिको ओभानो बन्न चाहन्छ । मधेसको आन्दोलनलाई आन्दोलन नै नदेख्ने र मधेसी जनतालाई भारतीय देख्ने रोग सरकारलाई लागेको छ । जसको कारणले गर्दा कतिपय राष्ट्रभक्त, विस्तारवाद र अतिवादका विरोधी मधेसी नागरिकलाई पनि सरकारले पहाडीलाई काखा र मधेसीलाई पाखा गरेको देख्न थालेका छन् । जसको कारणले शीर्ष तीन दलकै कार्यकर्ताहरू आन्दोलनमा सहभागी हुन थालेका छन् । तर सरकार र यसका मन्त्रीहरू भ्रम चिर्न ठोस उपलब्धिमूलक काम गर्नुको सट्टा भाषणबाजीमै सीमित देखिन्छन् । उता आफ्नो आन्दोलनमा जनमत बढेको देख्दा मोर्चा मख्ख परेको छ । तर छिटो सरकारसाग सहमतिको वातावरण तयार गरेर जनतालाई राहत दिनतर्फ उसले पनि आाखा चिम्लेको छ ।
सरकार, प्रतिपक्षी र मोर्चा यी तीनैको गम्भीर लापरबाहीका कारण ‘सााढेको लडाइा बाच्छाको मिचाइ’ भनेझौ जनता मिचाइमा परेका छन् । सरकारले बल प्रयोग गर्दा र आन्दोलनकारीले आन्दोलनलाई हिंसात्मक रूप दिादा मानव अधिकारको अवस्था संकटपूर्ण बनेको छ । आन्दोलन गर्न पाउने हक भए पनि बााच्नै नदिने हक कसैलाई छैन । तर अहिले मधेसवादी दलहरूको आन्दोलन कुनै युद्धभन्दा कम छैन । आन्दोलनमा आफ्नो कार्यकर्ता कति घाइते भएभन्दा पनि प्रहरी कति घाइते भए भन्ने हेक्का राख्ने नेतृत्वको कालो मन सहजै प्रष्ट हुन्छ । आफू र आफ्नालाई केही नहोस्, अरु मरे मतलब छैन भन्ने खालका नेतृत्वको असली चरित्र सबैले बुझ्न जरुरी छ । यता सरकारले आन्दोलन हिंसात्मक हुादा पनि सम्बोधन गर्न गम्भीरता नदेखाएको कारण समस्या झन् बल्झिएको छ । सरकारले बलपूर्वक दमन गरेरै समस्याको समाधान गर्छु भन्नु मूर्खतासिवाय केही होइन । अहिलेसम्म दमनले निम्त्याएको परिस्थिति र वीरगञ्जमा बलपूर्वक धर्नाकारीलाई हटाएको घटनाबाट सरकार कति सफल भयो, सोच्न जरुरी छ । त्यसकारण समस्याबाट निकास पाउन राज्यका सबै जिम्मेवार पक्ष सरकार, प्रतिपक्ष र आन्दोलनकारीले आफ्नो हठ त्याग्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here