मुगुकी मेस्सी सुनकलीलाई बार्सिलोनामा अन्तर्राष्ट्रिय अवार्ड

283

काठमाडौं/ नेपालको मध्यपश्चिम क्षेत्रको जिल्ला मुगुकी मेस्सी भनेर चिनिएकी १३ वर्षीया किशोरीको फुटबल यात्रामा आधारित नेपाली डकुमेन्ट्री ‘सुनकली’ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ ।
गत आइतबार स्पेनको बार्सिलोनामा सम्पन्न ३३औं टोरेलो अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिबलले सुनकलीलाई ‘माउन्टेन कल्चर’ विधामा उत्कृष्ट डकुमेन्ट्रीको रुपमा सम्मान गरेको छ । उक्त फेस्टिबलमा नेपालको तर्फबाट पहिलो पटक ‘सुनकली’ले सहभागिता जनाएको हो । विश्वभरका माउन्टेन फिल्म फेस्टिबलको छाता संगठन एलाईन्सका अध्यक्ष जोन सरालले सुनकलीका निर्देशक पत्रकार भोजराज भाटलाई अवार्ड प्रदान गरेका थिए । फेस्टिबल १० दिनसम्म चलेको थियो ।
नेपालको तर्फबाट काठमाडौं पर्वतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव किम्फका अध्यक्ष बसन्त थापा पनि सहभागी थिए । पुरस्कार वितरण समारोहमा सुनकलीका निर्देशक भोजराज भाटले महाभूकम्पको दु:खद समाचार अन्तर्राष्ट्रिय जगतमा छाएको र नेपालमा भारतीय नाकाबन्दीको पीडादायिक समाचार आइरहादा सुनकलीले अन्तर्राष्ट्रिय अवार्ड पाउादा खुशीको समाचार बााडेको जनाए । पत्रकार भाटको सुनकलीलाई बार्सिलोनाको चर्चित युनिभर्सिटी अफ भिकमा पनि प्रदर्शन गरिएको थियो । भिक युनिभर्सिटीका विद्यार्थीहरुले फरक विश्वको फुटबलको कथामा आधारित डकुमेन्ट्री हेरेपछि निकै उत्साहित बनेका थिए । उनीहरुले निर्देशक भाटसाग सुनकली र मुगुको परिवेशको बारेमा झन्डै आधा घण्टा अन्तक्र्रिया गरेका थिए ।
टोरेलो फिल्म फेस्टिबलमा सहभागी भएका किम्फका अध्यक्ष बसन्त थापाले भने, ‘१२औ संस्करणको किम्फ यात्रामा सबैभन्दा बढी अवार्ड पाउन सफल सुनकलीले संसारभरका फेस्टिबलमा सहभागी भई पुरस्कृत भएको खबर सुन्न पाउादा हामीलाई निकै गर्व लागेको छ । किम्फको गत वर्षको ओपनिङ्ग फिल्मको रुपमा देखाइएको सुनकलीले बार्सिलोनामा पनि अवार्ड पाएर संसारको मन जितेकोमा, टिम सुनकली र निर्देशक भाटलाई बधाई ।’
निर्देशक भाटका अनुसार अबको दुई महिनाभित्र सुनकली झन्डै एक दर्जन अन्तराष्ट्रिय फिल्म फेस्टिबलमा सहभागी हुादै छ । संसारको उत्कृष्ट मानिएको अलजजिरा ईन्टरनेशनल डकुमेन्ट्री फिल्म फेस्टिबलमा सुनकली ओपनिङ्ग सेरोमेनीमा पहिलो फिल्मको रुपमा यही २६ नोभेम्बरमा कतारको दोहामा प्रदर्शनी हुादै छ ।
यस्तै, सुनकलीको बार्सिलोनामा रहेका नेपाली समुदायबीच प्रदर्शन गरिएको छ । नेपालीनेपाली डटकमको पहल र एनआरएनए स्पेनको आयोजनामा बार्सिलोनास्थित कासा डेल टिबेटको हलमा डकुमेन्ट्री प्रदर्शनी गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here