काठमाडौं/ गत वैशाखको भूकम्पमा घाइते भएकाहरूको उपचारका लागि विभिन्न संघसंस्थाले उपलब्ध गराएको औषधि आवश्यक प्रक्रिया मिलाउन नसक्दा त्रिभुवन विमानस्थलमा नै अलपत्र परेको छ ।
विभिन्न संघ–संस्थाले हवाई कार्गो गरी पठाएका करिब डेढ अर्ब मूल्यबराबरको औषधि त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा थन्किएको छ । एक प्रतिशत भन्सार महसुल तिर्न नसक्दा ठूलो परिमाणको औषधि भन्सारमा थन्किएको हो ।
त्यसमध्ये करिब १० प्रतिशत औषधिको म्याद गुज्रिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रोकिएको औषधि शून्य भन्सार दरमा छुटाउने वा शुल्क तिर्ने भन्नेबारेमा अर्थ मन्त्रालयसाग छलफल गर्न लागेको उसले जनाएको छ ।