काठमाडौं/ मुलुक संघीयतामा प्रवेश गरेसागै सीमांकनको विवादले मुलुक अस्तव्यस्त बनेको भन्दै बुद्धिजीवी तथा व्यापारीहरूले संघीयता स्थगित गर्न सरकार तथा राजनीतिक दलहरूलाई सुझाव दिएका छन् । संघीयताकै कारण मुलुक विखण्डनसम्मका माग उठ्न थालेको, तीन महिनादेखिको तराई बन्दले आर्थिक गतिविधि ठप्प भएको र तराईको आन्दोलनलाई देखाउादै भारतले नाकाबन्दी गर्दै आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको भन्दै बुद्धिजीवी तथा व्यवसायीहरूले सरकारलाई यस्तो सुझाव दिएका हुन् ।
पूर्व–मुख्यसचिव लीलामणि पौडेल, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, हिरण्यलाल श्रेष्ठ, मार्सल जुलुम शाक्य, डा. सुरेन्द्र केसी, मणि थापा, रतन भण्डारी, विहारीकृष्ण श्रेष्ठलगायत झण्डै दुई दर्जन बुद्धिजीवीले प्रधानमन्त्री केपी ओलीलाई भेटेर पााच बुादे सुझाव दिादै संघीयताका कारण मुलुक संकटमा परेको भन्दै तत्काललाई संघीयता स्थगित गर्न सुझाव दिएका छन् । बुद्धिजीवीहरूले प्रधानमन्त्री ओलीलाई मधेसमा वितरण गरिएका नक्कली नागरिकताको छानबिन गरी खारेज गर्नुपर्ने पेट्रोलियम पदार्थको आपूर्तिको विकल्प खोज्नुपर्ने, राष्ट्रसंघ, विश्वव्यापार संगठन र अन्तर्राष्ट्रिय मजदुर संगठनलगायतलाई जानकारी गराउनुपर्ने सुझाव दिएका थिए ।
संघीयताले मुलुकमा अस्थिरता निम्त्याएको र यसले आर्थिक गतिविधि ठप्प भएर मुलुकले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको भन्दै निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले समेत तत्काल संघीयता फिर्ता गर्न माग गरेको छ । महासंघका अध्यक्ष पशुपति मुरारकाले काठमाडौंमा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा बोल्दै संघीयताले मुलुक गम्भीर संकटमा फसेको भन्दै संघीयता फिर्ता गर्न सरकार र राजनीतिक दलसाग आग्रह गरेका हुन् । उनले नेपाललाई संघीयता नफापेको भन्दै हाललाई संघीयता थाति राखेर भए पनि मुलुकलाई निकास दिनुपर्ने जनाए । त्यस्तै, महासंघका पूर्व–अध्यक्ष तथा नेशनल बिजनेस इनिसिएटिभका अध्यक्ष पद्म ज्योतिले संघीयतामा राजनीतिक नेतृत्वको स्वार्थ जोडिएको भन्दै संघीयताको विवादले मुलुकको अर्थतन्त्र ध्वस्त बनाएकोले संघीयतामा पुनर्विचार गर्न आग्रह गरे ।
संघियतका कारण मुलुक द्वन्दमा धकेलिन थालेपछि बुद्धिजीवी र व्यवसायीले मात्र होइन आम सर्वसाधारणका तहबाट समेत संघियता खारेज गरिनुपर्ने आवाजहरू उठन थालेका छन् । यसले संघियतालाई राजनीतिक दलले आफ्नो स्वार्थका लागि लागु गरेपनि आम मानिसहरूले संघियतालाई नरुचाएको बुझन सकिन्छ ।