काठमाडौं/ राष्ट्रसंघका महासचिव वान कि मुनले नेपालमा भारतीय नाकाबन्दीका कारण औषधि अभाव र मानवीय संकट देखिएको भन्दै सीमा अवरोध हटाउन आग्रह गरेका छन् ।
मुनका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा आन्दोलनकारीले औषधि बोकेको गाडीमा आगजनी गरिएकोमा चिन्ता व्यक्त गर्दै यस्ता अवरोध तत्काल हटाउन सम्बन्धित पक्षलाई आग्रह गरिएको छ । साथै संवाद र अहिंसाबाट समस्या समाधान गर्न सम्बन्धित पक्षलाई अधिक लचकता अपनाउन पनि जोड दिइएको छ । नेपालको प्रजातन्त्र सुदृढीकरण, समावेशिता, समुन्नत भविष्यका लागि राष्ट्रसंघले सधैं सहयोग गर्ने विज्ञप्तिमा जनाइएको छ ।
यसअघि पनि मुनले नेपालको पारवहन अधिकार हनन भएकोमा चिन्ता व्यक्त गरेका थिए ।