‘को पहिला बोल्ने’ विवादले संसद् बैठक स्थगित

148

काठमाडौं, मंसिर १० । व्यवस्थापिका संसद्को बिहीबार बसेको बैठकको सुरुवातमा को पहिला बोल्ने विवाद हुँदा बैठक स्थगित भएको छ ।

सभामुख ओनसरी घर्तीले बैठकको सुरुवातमा बोल्न धेरै आकांक्षी भएकोमा समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई बोल्न समय दिएकी थिइन् । तर पहिला आफूलाई बोल्न दिनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसले संसद्मा होहल्ला गरेर अवरोध खडा गरेको थियो ।

बैठक सुरु हुनासाथ प्रमुख विपक्षी कांग्रेससहित विपक्षी दलका सांसदहरु आआफ्नो ठाउँबाट उठेर बोल्ने समय मागेका थिए । तर सभामुखले यादवलाई बोल्ने समय दिनासाथ कांग्रेस सांसदहरु उठेर होहल्ला गर्न थाले । उनीहरुले प्रमुख प्रतिपक्षलाई प्राथमिकता दिनुपर्ने माग राखी बैठक अघि बढ्न नदिने भन्दै कराए । सभामुखले पटक–पटक पछि बोल्न समय दिने बताए पनि उनीहरुले नमानेर होहल्ला गरेपछि बैठक स्थगित गरेकी हुन् । आगामी बैठक मंसिर १५ गते गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here