सबैभन्दा खर्चालु छोरी

162

१२ वर्षकी बेलायती बालिका चेज मेकेन्नाको सोख कुनै सेलिब्ेरटीको भन्दा कम छैन । उनले सानो उमेरमै दुनियााका तमाम महंगा सामान आफ्नो बनाउन पाइसकेकी छिन् ।
गूची, राल्फ तथा जूसी जस्ता महंगा ब्राण्डस्का सामान रोज्ने उनीसाग निजी घोडा, आइप्याड, ब्राण्डेड लत्ताकपडा तथा ह्याण्डव्याग रहेका छन् । उनले आफूलाई चाहिएको कुरा बाउआमालाई एकचोटि भने पुग्छ, बाउआमाले हातमै ल्याइदिन्छन् । आफ्ना बुबाआमा तथा भाइबहिनीसाग बस्दै आएकी चेजलाई कुनै साधारण पसलमा गएर सपिङ गर्न मन पर्दैन । अहिलेसम्म खुद्रा पसलबाट उनले कुनै सामान किनेकी छैनन् । महंगो सोख तथा खर्चिलो लाइफस्टाइल बिताइरहेकी चेजको बारेमा बेलायतको एक टेलिभिजन च्यानल ‘च्यानल फाइभ’ले एक वृत्तचित्र पनि बनाउादै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here