काठमाडौँ, ११ मङ्सिर । सरकारले भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले नेपालको सीमा क्षेत्रमा प्रवेश गरी बुधबार सुनसरीको हरिहरपुर गाविसमा चारजना नेपालीमाथि गोली प्रहार गरेको घटनाको तुरुन्त अनुसन्धान गर्न र घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न भारत सरकारसँग आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयले विहिबार जारी गरेको विज्ञप्तिमा सो घटनाबारे मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै अनुसन्धानबारे नेपाली पक्षलाई समेत जानकारी गराउन र आगामी दिनमा यस्ता कार्य नदोहो¥याउन भारतको ध्यानाकर्षण गराएको छ ।
घटनामा एसएसबीको टोली नेपाल–भारत सीमाक्षेत्रको दशगजा क्षेत्रबाट नेपालतर्फको १०० मिटरभित्र प्रवेश गरी गोली प्रहार गर्दा अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएको उल्लेख छ ।
मन्त्रायलयले नेपालस्थित भारतीय दूतावासमार्फत यस घटनाबारे बुधबार नै भारत सरकारको ध्यानाकर्षण गराइएको जनाएको छ ।