भारतीय नाकाबन्दीका विरुद्ध रिङरोडमा विद्यार्थीको मानव साङलो

273

काठमाडौ, ११ मंसिर–भारतीय नाकाबन्दीका कारण पठन पाठनमा अवरुद्ध भएको भन्दै विद्यार्थीहरुले काठमाडौको रिङरोड घेराउ गरेका छन् । नाकाबन्दीले आफ्नो पढ्न पाउने अधिकार हनन् भएको भन्दै विद्यार्थीहरुले भारतीय नाकाबन्दीको विरोधमा मानव साङलो बनाई रिङरोड घेराउ गरेका हुन् ।

राष्ट्रिय झण्डा र विभिन्न प्लेकार्डहरु बोकेका विद्यार्थीहरुले २७ किलोमिटर लामो रिङरोड घेराउ गरेको अखिल क्रान्तिकारीका संयोजक रमेश मल्लले जानकारी दिए । रिङरोड घेराउ कार्यक्रममा लाखाँै विद्यार्थीहरुको सहभागिता रहेको उनको भनाई छ । कार्यक्रमको प्याब्सन, एनप्याब्सन, शिक्षक महासंघ, विद्यार्थी संघ संगठनहरु, अभिभावक संघ नेपाल, राष्ट्रिय अभिभावक संघ, एन। इष्टू र हिसान लगायतका सस्थाहरुले आयोजना गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here