नेप्से १२ अंकले गिरावट

140

काठमाडौं, मंसिर १० । बिहीबार नेप्सेमा १२ दशमलव ४१ अंकले गिरावट आएको छ । लगातार घट्दो क्रममा रहेको नेप्से एक हजार ४४ दशमलव एक अंकमा कायम रहेको छ ।

सो दिन एक सय १४ कम्पनीहरुको कारोबार भएको थियो । कम्पनीहरुको २६ सय २० वटा कारोबार भएकोमा पाँच लाख ८४ हजार १४ कित्ता सेयर खरिदबिक्री भएको छ र ३३ करोड ३० लाख २१ हजार सात सय २८ रुपैयाँको कारोबार भएको छ । सो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने नेप्से सेन्सिटिभ पनि दुई दशमलव ५४ अंकले घटेर दुई सय २५ दशमलव ३७ अंकमा कायम रहेको छ ।

कुल सातवटा समूहको कारोबार भएकोमा अन्य समूहको कारोबार स्थिर रहेर बाँकी समूहको कारोबार घटेको छ । बिहीबार सबैभन्दा बढी कमाउने कम्पनीको सूचीमा नेपाल ग्रामीण विकास बैंक रहेको छ भने गुमाउने कम्पनीको सूचीमा एस डेभलपमेन्ट बैंक परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here